साङ्गलामा प्लटीङ्गको दादागीरीको कारण सडक हिलो , महिलाले सडकमै रोपे धान

तारकेश्वर नगरपालिका वडा न १ स्थित जगत कूँचिप्वाकलमोटरबाटो जग्गा प्लानिङको कारण सडक हिलाम्बे बनेको छ । जगत बसपार्क माथिको अब्यवस्थित प्लटिङ्गको कारण जगत बाट कुन्चीप्वाकल , नेपालथोक ढकाल चौर आउने बाटो अवरुद्ध भएको हो । सो स्थानमा जाने साङ्गला चुनीको बाटो समेत हिलाम्मे भएको कारण मोटर बाटो अवरुद छ । देशकै राजधानी काठमाडौ नजिक रहेको यो स्थान बिकाशका दृष्ट्रीले अत्यन्त पिछडीएको छ ।
प्लटीङ्गको दादागीरीकै कारण तिमिलिसना टोल , देबकोटा टोल , कुन्चीप्वाकल , नेपालथोक , सल्लेगाँउ , ढकालचौर , देवीस्थानका बासीन्दाहरुलाई आवत जावतमा कठिनाई भएको छ ।
यसैबिच सोही स्थानमा अवस्थित बालकुमारी महिला कृषि समूहले सडकमै धान रोपेर विरोध जनाएका छन् । पटक पटक प्लटिङ्ग र सरोकारवाल निकायमा उजुरी , गुनासो गर्दा समेत सुनुवाई नभएपछि दवाव स्वरुप सडकमै धान रोपीएको बालकुमारी महिला समूहकी अध्यक्ष सोभा देवकोटाले बताइन । उनले भनिन्, “पानी पर्दा सडक हिलाम्मे हुन्छ, घाम लाग्दा धूलो उडेर बस्नै नसक्ने भएपछि हामी बाटो बन्द गर्न बाध्य भएका हौं ।”
सिमित ब्यक्तीको स्वार्थका कारण पुरै गाउँबासीले सास्ती खेप्नु परेको र सडकको नाजुक अवस्थाका कारण एम्बुलेन्स समेत आउने बाटो नहुदा बिरामी लगायतका अत्यावश्यक सेवा प्रभावित भएको उनीहरुको भनाई छ ।
बर्खा को समयमा त्याहाबाट गाड़ी मात्र नभएर मान्छे सम्म हिंडन नसकने अवस्था भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिका, #सडकमै रोपे धान
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्