Techie IT
सोमबार, असार २३,२०८२

बालाजु प्रहरी वृत्तका एक प्रहरीमा कोरोना संक्रमण


काठमाडौं, २७ असार । बालाजु प्रहरी वृत्तका कार्यरत एक प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

वृत्त बालाजुमा अपराध अनुसन्धान तथा कारवाही शाखाका कार्यरत प्रहरी निरीक्षकसहित ५६ जनाको असार २४ गते नेपाल प्रहरी अस्पताल महाराजगंजमा पिसिआर परीक्षण गरिएको थियो ।

५६ जनाको परीक्षण गर्दा मुद्धा शाखाका एक प्रहरी निरीक्षकको रिपोर्ट असार २६ गते पोजिटिभ आएको हो ।

उनी हाल एपीफ हस्पिटल बलम्बुको आइसोलेसनमा रहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

५४ वर्षिय प्रहरी निरीक्षकको स्थायी घर गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका वडा नं. ८ घर भई हाल काठमाडौंं जिल्ला, टोखा नगरपालिका वडा नं. ११ का निवासी हुन ।

बालाजुका डिएसपि विनोदसिह राठौरले यस विषयमा आफुलाई आधिकारिक जानकारी नआएको बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #बालाजु प्रहरी वृत्त


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Fair
5:12 am7:04 pm +0545