बूढानीलकण्ठको बजेट एक अर्ब ६८ करोड ,करमा समेत छुट
बूढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि एक अर्ब ६७ करोड ७८ लाख बजेट विनियोजन गरेको छ।
८४ महत्वपूर्ण निर्णयसमेत गरेको बजेटमा पूँजीगततर्फको सबैभन्दा ठूलो विकास बजेटका रुपमा कपन ह्याण्डबल चौरको पूर्वाधार विकासका निम्ति आठ करोड विनियोजन गरिएको छ ।
नगरपालिकाले कपन क्षेत्रको डुबानको दीर्घकालीन समस्या समाधानका लागि अध्ययन तथा अनुसन्धानका लागि समेत बजेट छुट्याएको छ। विनियोजन ऐनअन्तर्गत वडागत योजनाका लागि प्रत्येक वडालाई दुई करोड १५ लाखका दरले करीब २८ करोड बजेट विनियोजन गरेको हो।
व्यवसायीलाई परेको समस्यालाई ध्यानमा राखी सम्पत्ति करमा १५ प्रतिशत छुट दिने भएको छ। साथै व्यवसाय कर तथा बहाल करमा समेत छुटको व्यवस्था गरिएको छ। नगरसभाले १६ ऐन तथा कार्यविधि पारित गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले विशेष गरी नगरपालिकाभित्रका ठूला सडकमा सार्वजनिक जग्गा संरक्षण तथा उद्यान निर्माण, खानेपानी संरचना, कोसेली घर र नगर अस्पताल भवन निर्माण गर्ने भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बूढानीलकण्ठको बजे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्