असार २५ गते रातिदेखि भारी वर्षा हुने, सतर्क रहन आग्रह
काठमाडौँ, २२ असार । मौसम पूर्वानुमान महाशाखाले असार २५ गते रातिदेखि देशका धेरै स्थानमा लगातार वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले सोमबार राति ८ बजे विशेष मौसमी बुलेटिन प्रकाशन बिहीबारबाट मनसुन सक्रिय हुने भन्दै भारी वर्षा हुने जनाएको छ ।
बुलेटिनमा उल्लेख छ, ‘मनसुन न्यून चापीय रेखानेपालको तराइ भूभागनजिक रहने भएकाले आउँदो बिहीबार (असार २५) रातिबाट नेपालमा मनसुन सक्रिय हुने देखिएको छ, जसका कारण नेपालका धेरैजसो ठाँउमा लगातार वर्षाका साथै खासगरी तराईका केही र पहाडका थोरै स्थानमा भारी वर्षासमेत हुन सक्ने देखिन्छ । त्यसैले, तराइका भूभागमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएका आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’
क्याटेगोरी : समाचार
ट्याग : #hot, #भारी वर्षा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्