आन्तरिक विवाद मिलाउन नेकपाका अध्यक्षद्वयबीच आज पनि छलफल
आन्तरिक विवाद मिलाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच आज पनि छलफल भएको छ ।
आइतबार अन्य केही नेतासहित अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफल पार्टीभित्र उत्पन्न विवाद मिलाउन सहमतिको खाका तय गर्ने अनौपचारिक समझदारी भएकामा त्यसको निरन्तरतामा आज उहाँहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उहाँहरुबीच सहमतिको प्रयासका लागि आज एक्लाएक्लै भेटवार्ता भएको जानकारी दिनुभयो ।
सरकार र पार्टीको सम्बन्ध, कोरोना रोकथाम, एमसिसी, पार्टी एकताका बाँकी काम आदि कार्यसूचीका लागि यही असार १० गतेदेखि जारी नेकपाको स्थायी कमिटीको बैठक यही असार २४ गतेसम्मका लागि स्थगित भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपाका अध्यक्षद्वय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्