खाँदबारीको पाङ्मा स्वास्थ्य चौकीको आयोजनामा वडाका हजार दिने आमाहरुलाई कोसेली वितरण
खाँदबारी नगरपालिका वडा नं ३ ले पाङ्मा स्वास्थ्य चौकीको आयोजनामा वडाका हजार दिने आमाहरुलाई कोसेली वितरण गरेको छ । हजार दिने आमा र बच्चाको पोषण र स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यको साथ कोसेली वितरण गरिएको वडा नम्बर ३ का अध्यक्ष भरत कुमार घिमिरेले बताउनुभयो । वडाभरिका ४५ दिन भित्रका र ६ महिना सम्मका ४० जना आमाहरुलाई कोसेली स्वरुप २ क्यारेट अण्डा, टुथपेस्ट, नेलकटर, लाइफब्वाई साबुन, १ लिटर तेल वितरण गरिएको उहाँले बताउनुभयो । 
वडाअध्यक्ष घिमिरेका अनुसार वडाभित्रका ४०० किसोरीलाई टुथपेस्ट, ब्रस र साबुन वितरण गरिएको छ । महेन्द्र माध्यमिक विद्यालय मानेभन्ज्याङका ३१० जना र लक्ष्मी आधारभूत विद्यालयका ९० जना गरि जम्मा ४०० जना किसोरीलाई टुथपेस्ट, ब्रस र साबुन पनि वितरण गरिएको छ । शुक्रबार आयोजित कार्यक्रममा खाँदबारी नगरपालिकाका प्रमुख मुरारी प्रसाद खतिवडा, उपप्रमुख डेगेश्वरी श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्