संखुवासभाका भूकम्प पीडितलाई निशुल्क जग्गा
राष्टिय पुन निर्माण प्राधिकरणले संखुवासभा सिलिचोङ्ग गाउँपालिका ३ खोप्नेका १३ भूकम्प पीडित परिवारलाई साढे १८ रोपनी जग्गा निशुल्क उपलव्ध गराएको छ । उक्त जग्गा जिल्ला आयोजना कार्यान्वयन ईकाईले खरिद गरेर पीडित परिवारलाई लालपुर्जा हस्तान्तरण गरेको छ । सदरमुकाम खाँदबारीमा आज आयोजित कार्यक्रममा प्रदेश सांसद तुलसीप्रसाद न्यौपाने र जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले पीडित परिवारलाई लालपुर्जा हस्तान्तरण गर्नु भयो ।
राष्टिय पुननिर्माण प्राधिकरणले भूकम्पबाट जग्गा जमिन गुमाएकालाई निशुल्क जग्गा उपलव्ध गराएपछि पीडितहरु खुसी भएका छन् ।
१३ परिवारलाई एकीकृत बस्तीको रुपमा व्यवस्थापन गरेको छ । प्राधिकरणले ती परिवारका लागि सडक, पानी, विजुलीको पनि उपलव्ध गराउने भएको छ । पीडित परिवारलाई दिईएको जग्गा १० बर्षसम्म बिक्रि वितरण नहुने गरी मालपोत कार्यालयमा रोक्का राखिने जिल्ला आयोजना कार्यान्वयन ईकाई संखुवासभाका प्रमुख नबीन देबले बताउनु भयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्