तारकेश्वर सांस्कृतिक प्रतिष्ठानको आयोनमा गायन, नृत्य तथा अभिनय प्रतियोगिताको अडिसन सम्पन्न
तारकेश्वर काठमाडौ । तारकेश्वरमा नगर स्तरीय गायन, नृत्य तथा अभिनय प्रतियोगिताको अडिसन सम्पन्न भएको छ ।
तारकेश्वर सांस्कृतिक प्रतिष्ठानको आयोनमा , काभेस्थलीमा अवस्थीत मिलन धर्मस्थलीमा भएको हो ।
प्रतियोगितामा करिव ४० जना सहभागीले आफ्नो प्रस्तुती गरेका छन ।
बिषेश गरि लकडाउनका कारण गुम्सिएर बसेका नवप्रतिभाहरुलाई प्रष्फुटित हुने अवसर सिर्जना गरी नेपाली मौलिक कलासंस्कृति एवं राष्ट्रियताको प्रवद्र्धनका साथै कोरोना महामारीसंग जुध्न सचेतना फैलाउने उद्देश्यले प्रतियोगिता गरिएको आयोजक सुशील फुयाँलले बताए ।

थुनिएको समयमा पनि सिर्जना अवरुद्ध हुँदैन । विपतमा सिर्जनाकर्मीहरु हौसला र उत्प्रेरणाका दीप हुन् । उनीहरुलाई प्रज्वल्लित गरी समाजलाई संत्रास र निराशाबाट बचाउनु पर्छ भन्ने सोचेर प्रतियोगिता शुरु गरिएको फुयाँलले बताए ।
तारकेश्वर नगर भित्रकाबालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रममा १ देखि १२ कक्षा सम्म सबै उमेर समूहकाले भाग लिएका आयोजक अमृत ढकालले बताए ।
कार्यक्रमको दर्ता शुल्क रु १० राखिएको र पछि अन्य कुनै शुल्क नलाग्ने भनिएको सो कार्यक्रमको फाइनल राउण्ड केही दिनमै हुने आयोजक अजय अधिकारी सुशीलले बताए ।
कार्यक्रमको निर्णायकका रुपमा कलाकार एवम् निर्देशक किशोर भण्डारी, कलाकार अजय अधिकारी सुशील, नृत्य निर्देशक सुमी लामिछाने रहेका छन ।

।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर सांस्कृतिक प्रतिष्ठान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्