शिखर ईन्सुरेन्सको खाँदबारी शाखाले दियो १ करोड ८१ लाख क्षतिपुर्ति
संखुवासभामा शिखर ईन्सुरेन्स खाँदबारी शाखाले शेर्पा स्टोर र राजनारायण लिम्बुलाई १ करोड ८१ लाख विमा रकम हस्तान्तरण गरेको छ । शिखरले तुम्लिङ्गटारमा रहेको शेर्पा स्टोरमा ६ महिना अघि भएको आगलागीका संचालक प्रविण शेर्पालाई १ करोड १८ लाख ६५ हजार ६ सय १६ र सवारी साधन दुर्घटनामा परेको परिवार र संचालकलाई पनि ६३ लाख २५ हजार उपलव्ध गराएको छ । आज खाँदबारीमा आयोजित कार्यक्रममा शेर्पालाई १ करोड १८ लाख ६५ हजार ६ सय १६, दुर्घटना भएको गाडीका धनी राजनारायण लिम्बुलाई ३७ लाख र ज्यानगुमाउनेका परिवारलाई २६ लाख २५ हजार हस्तान्तरण गरिएको शाखा प्रवन्धक मञ्जला श्रेष्ठले बताउनुभयो ।
उक्त रकम संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष युवराज शाक्य, चेम्बर अफ कर्मशका अध्यक्ष सुमन श्रेष्ठ, नेविल बैकका प्रवन्धक सन्तोष विमली, सानिमा बैकका प्रवन्धक मेदन बस्नेत लगायतले हस्तान्तरण गर्नुभयो । संखुवासभामा ईन्सुरेन्स कम्पनीबाट ठुलो रकम दावी भुक्तानी भएको यो पहिलो भएको प्रवन्धक श्रेष्ठले बताउनुभयो । उनका अनुसार सवारी दुर्घटनामा परि ज्यान गुमाएका ६ जनाको भने जिल्ला प्रशासन कार्यालयमा रकम हस्तान्तरण गरिएको छ । उक्त रकम प्रमुख जिल्ला अधिकारी जीवन आचार्यलाई प्रवनधक श्रेष्ठले हस्तान्तरण गर्नुभयो । 
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्