नेकपा शिवपुरीले गाउँपालिकालाई ज्ञापनपत्र बुझायो
हरिराम भेटुवाल
शिवपुरी अषाढ८ । नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिका मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) शिवपुरी गाउँपालिका सङगठन कमिटीले गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ। आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शिवपुरीका अध्यक्ष बीरबहादुर तामाङको अगुवाइमा रहेको एक नेतृत्व टोलीले गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापालाई गाउँपालिका कार्यलय शेराबगर पुगि ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्र बुझाउदै नेकपा शिवपुरीका अध्यक्ष बीरबहादुर तामाङले गाउँपालिका मातहतका योजना तर्जुमा कार्यनयन सम्बन्धमा नेकपाको सुझावलाई मतभेद नगर्न सुझाएका छन। त्यस्तै नेकपाका जिल्ला सदस्य जितेन्द्र बिष्टले संघ र प्रदेशबाट गाउँपालिकालाई विनियोजित रकमको पारदर्शितापुर्ण हिसाब (आयव्यय) प्रस्तुत गर्नुपर्ने र राजनीति अास्था को अाधारमा गाउँपालिकाले वभेद गर्न नहुने गाउँपालिकालाई अनुरोध गर्नुभएको थियो । नेकपा ले दिएको ज्ञापन पत्र बुझदै शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले नेकपाको माग र सल्लाहलाई सम्बोधन गर्ने र अाफु सहकार्य र छलफल गरेर अघि बढने बताउनु भयो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान न्यौपानेले जनतालाई दिने सेवामा राजनीति दलको विचारको अाधारमा विभेद नगरेको बताउनुभयो । नेकपा शिवपुरीले बुझाएको ज्ञापन पत्रमा उल्लेख भएको जनताको विकास र शिवपुरी को समृद्धि लागि भएको माग सम्बोधन न भए कडा रुपमा अान्दोलन मा जाने नेकपा शिवपुरी ले जनाएको छ ।
ज्ञापनपत्र बुझाउने कार्यक्रम जिल्ला सदस्य तथा शिबपुरि गाउपालिका पाटि ईनचाज उजवल खडका ,सह ईन्चाज गणेश उप्रेती पाटि सचिब दिनेश अधिकारि ,जिल्ला सदस्य शयाम लामा ,मगलमाया थापा पजापति,मिन ब.तामाङ नेकपा शिवपुरीका नेताहरू को बाक्लो उपस्थिति रहेको थियोे ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा शिवपुरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्