मन्त्री भट्टलाई स्वास्थ्य सामाग्री प्रदान
काठमाडौँ, ६ असार ः उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई गैरआवासीय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाले स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा मन्त्री भट्टलाई एनआरएन कोरियाका प्रतिनिधी राजेश रानाले आज सूदुरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड १९) को परीक्षण पिसिआर विधिबाट गर्न २ हजार ५ सय किट हस्तान्तरण गर्नु भएको हो ।
सुदूरपश्चिम प्रदेशमा नौ वटा जिल्ला अहिले कोभिड १९ को संक्रमणमा रहेका छन् । अहिले नेपालमा ८ हजार २८४ जनामा कोभिड १९ को संक्रमण देखिएको छ ।
मन्त्री भट्टले किटलाई सुदूरपश्चिम प्रदेशको प्रभावित जिल्लामा पठाएर परीक्षणको दायरा बढाउने बताएको उहाँका प्रमुख स्वकीय सचिव हितेश ओझाले जानकारी दिनुभयो ।
मन्त्री भट्टको पहलमा सुदूरपश्चिमबाट विभिन्न देशमा गएका एनआरएनले एक थान पिसिआर मेसिन उपलब्ध गराएका छन् । प्रमुख स्वकीय सचिव ओझाले उक्त मेसिन डडेल्धुरा अस्पतालमा राखेर कोभिड १९ परीक्षण गर्ने बताउनुभयो ।
उहाँका अनुसार चाडै नै मेसिनको सेट गरेर प्रयोगशाला संचालन गरिने छ । परीक्षणका लागि आवश्यक जनशक्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराउने भएको छ ।
अहिले सुदूरपश्चिम प्रदेशमा धनगढीस्थित प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालाबाट मात्र पिसिआर परीक्षण हुने गरेको छ ।
भारतका विभिन्न ठाउँमा कमाउन गएका सुदूरपश्चिमका धेरै मानिस घर फर्किकाले पिसिआर मेसिन नहुँदा परीक्षण हुन सकेको छैन ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : #लेखराज भट्ट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्