पत्रकार महासंघ काठमाडौंद्धारा किटनाशक औषधि छर्कने यन्त्र लगायतका औषधि हस्तान्तरण
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आज पत्रकार महासंघको केन्द्रीय कार्यालयका लागि किटनाशक औषधि छर्कँने यन्त्रका साथै केही औषधि हस्तान्तरण गर्दै कोरोना भाइरसको जोखिम घटाउन घर तथा कार्यालय आसपास क्षेत्रमा विशेष सरसफाइ गरी सावधानी अपनाउन आग्रह गरेको छ ।
केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यलाई उक्त मेशिन हस्तान्तरण गर्दै शाखाका तर्फबाट कोरोना भाइरसको जोखिमको अवस्थामा सञ्चारकर्मीलाई थप सामाजिक सुरक्षाको खाँचो औँल्याउँदै उनीहरुलाई विभिन्न सञ्चारगृहले तलब नदिने तथा सेवाबाट हटाउन थालेकामा त्यसको बिरोध गरिएको छ ।
सञ्चार व्यवसायीले विगतमा गरेको नाफाबाट अहिले विपदको समयमा पत्रकार तथा कर्मचारीको दायित्व वहन गर्नुपर्नेमा जोड दिँदै आइसोलेशनमा बसेका सञ्चारकर्मीको उपचारमा विशेष ध्यान दिन माग गरेको पत्रकार महासंघ काठमाडौ शाखाका अध्यक्ष शान्ताराम बिडारीले बताए
।
कार्यक्रममा शाखा उपाध्यक्ष सुर्य सुबेदी, सचिव मोहन पन्त, केन्द्रीय पार्षद कृष्ण लेकाली, सहसचिव अमिर लामा लगायत विभिन्न सञ्चार संस्था आवद्ध पत्रकारहरु हुनुहुन्थ्यो ।
क्याटेगोरी : समाचार
ट्याग : #पत्रकार महासंघ काठमाडौ, #शान्ताराम बिडारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्