नेपालमा ८२ सय ७४ जनामा कोरोना पुष्टि ,थपिए ४ सय २६ संक्रमित
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण दिनदिनै बढ्ने क्रममा शुक्रबार पनि ४२६ जना नयाँ संक्रमित पुष्टि भएको छ । पछिल्लो २४ घन्टाभित्रको प्रयोगशाला परीक्षणअनुसार ३ सय ३८ पुरुष र ८८ जना महिला कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा गर्दै आएको प्रेस ब्रिफिङमा दिइएको जानकारीअनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । जसमा महिला ७ सय ७ जना हुनुहुन्छ भने पुरुष संक्रमितको संख्या ७ हजार ५ सय ६७ जना रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाभित्र मुलुकका विभिन्न २३ प्रयोगशालामा गरिएको परीक्षणमा सबैभन्दा काठमाडौंको टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबैभन्दा बढी २ सय ४१ जनामा कोारोना भाइरस पोजेटिभ देखिएको छ ।
यस्तैगरी दोस्रो बढी संक्रमित प्रादेशिक प्रयोगशाला रुपन्देहीमा १ सय ७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै प्रादेशिक प्रयोगशाला विराटनगरमा ३ जना, प्रादेशिक प्रयोगशाला जनकपुरमा १५ जना, हेटौडा प्रयोगशालामा ६ जना र शिक्षण अस्पताल महाराजगन्जको प्रयोगशालामा पनि ५ जनामा कोरोना भाइरस देखिएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक प्रयोगशाला पोखराको परीक्षणमा २४ जनामा कोरोना पोजेटिभ देखियो भने सेती अस्पतालको प्रयोगशाला परीक्षणमा पनि २४ जनामा संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरसकै कारण नेपालमा अहिलेसम्म मृत्यु हुनेको संख्या २० रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना पुष्टि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्