सानो बाईपास- तिनपिप्ले सडक नबने आन्दोलन गर्ने चेतावनी
तारकेश्वर नगरपालिका वडा नं ६ धर्मस्थलिमा पर्ने सानोबाईपास तिनपिप्ले सडक खण्डमा अहिले ज्यादै नै दुर्दशा देखापरेको छ। स्थानीय जनता र बटुवालाई आवतजावतमा पनि समस्या हुने गरि बाटो विग्रियको छ। खुट्टामा लगाउने चप्पल हातमा लिएर हिड्नु पर्ने अवस्था छ अहिले यो सडकमा।
मोटरसाइकल नै आवतजावत गर्नलाई समस्या देखापरेको छ, स्थानीय सरकारको लापरबाही र गैरजिम्मेवारीपनले गर्दा मानिसहरु सो बाटो आवतजावत गर्न समस्यामा परेका छन्।
सामाजिक अभियन्ता हरि तिमिल्सिनाले यदि अब यो बाटोमा ग्रभेल गरेर स्तर उन्नति नगरे विरोधी जाने र नगरपालिका कार्यलय घेराउ गर्ने कुरा हामीलाई बताउनुभयो। साथै उहाँले भन्नुभयो ठेकेदारको लापरबाही तेसमाथि जनप्रतिनिधिको गैरजिम्मेवारीपनको सजाय जनताले किन पाउने हरेक मागहरु सुनुवाइ गराउन विरोध प्रदर्शन नै चाहिने रहेछ, आन्दोलननै चाहिने रहेछ, र नगरपालिकाले पनि यही खोजेको हो भन्दै छिट्टै विरोधमा उत्रिने उनको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सानो बाईपास- तिनपिप्ले सडक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्