युवाका लागि कहाँ कहाँ बजेट ?
काठमाडौँ, ३२ जेठ । सरकारले युवाको नेतृत्व विकास र स्वरोजगार बनाउनका लागि विभिन्न शीर्षकमा बजेट विनियोजन गरेको छ । युवा भविष्यका कर्णधार मात्र होइनन् वर्तमानका साझेदार पनि हुन भन्ने अभिप्रायले आर्थिक बर्ष २०७७ ।०७८ कालागि विभिन्न शीर्षकमा युवा लक्षित बजेट विनियोजन गरिएको छ ।
नेपालमा कूल जनसंख्याको ४०.३५ प्रतिशत युवा रहेका छन् । यो उमेर समूह भनेको अत्यन्त उर्जावान सशक्त र गतिशिल वर्ग पनि हो । समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्नका लागि अहम दायित्व युवामा नै रहेको छ । त्यसैले युवाको सार्थक सहभागिता र परिचालन बिना विकास सम्भव छैन भनेर प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रममा ११ अर्ब ६० करोड बजेट विनियोजन भएको राष्ट्रिय युवा परिषद्का उपसचिव ध्रुवराज पौडेलले जानकारी दिए ।
देशको अर्थतन्त्रको २९ प्रतिशत हिस्सा यिनै युुवाले विदेशमा श्रम गरी पठाएको रेमिट्यान्सको रहेको छ । युवाको अभिभावक मन्त्रालयमा युवा तथा खेलकुद क्षेत्रमा कुल बजेटको रु २ अर्ब ३६ करोड विनियोजन भएको छ ।
युवालक्षित कार्यक्रममा कहाँ कहाँ बजेट १. प्रधानमन्त्री रोजगार कार्यक्रम रु ११ अर्ब ६० करोड २. विदेशबाट फर्किएका युवाका लागि सिप विकास तालिम रु १ अर्ब ३. निजी स्तरका प्रतिष्ठानहरुका लागि श्रमिक अनुदान रु १ अर्ब ४. सहुलियतपूर्ण कर्जा सुरक्षण तथा विमा अनुदानमा रु १३ अर्ब ९६ करोड ५. सिप विकास तालिमका लागि रु ४ अर्ब ३४ करोड ६. गरिवी निवारण कोष मार्फत् रोजगारीमा परिचालन रु १९ अर्ब ७. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा रु ३ अर्ब २२ करोड ८. एक स्थानीय तह एक कृषि र पशु प्राविधिकका लागि रु ५० करोड ९. एक प्रदेश एक पर्यटकीय गन्तव्यका लागि रु १ अर्ब २६ करोड १०. शहीद अपाङ्ग तथा जेहेन्दार छात्रवृत्ति रु २ अर्ब ७० करोड ११. निःशुल्क सेनेटरी प्याडका लागि अनुदान रु १ अर्ब ८२ करोड १२. हजार स्वयमसेवक शिक्षक नियुक्ति (गणित विज्ञान र अंग्रेजी) रु २ अर्ब २३ करोड यसरी युवालाई विनियाजन गरिएको रकमलाई परिषद्को समन्वयमा युवाबर्ग लक्षित गरेर कार्यक्रम संचालन गरिने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #युवाका लागि कहाँ कहाँ बजेट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्