स्वर्गिय राजा वीरेन्द्रको स्मृतिमा प्रतिष्ठानबाट दिप प्रज्वलन
ललितपुर, १९ जेठ – स्वर्गिय राजा वीरेन्द्रको स्मृतिमा स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले दिप प्रज्जवलन गरेको छ । प्रतिष्ठानले सोमबार जेठ १९ गते स्व. राजा वीरेन्द्रको स्मृति दिवसको सन्दर्भमा दिप प्रज्जवलन गरेको हो ।
प्रतिष्ठानले जावलाखेल स्थित स्व राजा वीरेन्द्रको शालिक स्थलमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको थियो ।
सो दिप प्रज्वलन कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष शिवहरि खनाल र शुभेच्छुकहरुले उपस्थिती जनाएका थिए ।
दिप प्रज्वलनसंगै उनीहरुले ‘स्व राजा वीरेन्द्र अमर रहुन’ भन्ने लगायतका नारा लगाउदै शालिकको परिक्रमा गरेका थिए भने उनको आत्माको चीर शान्तीको कामना समेत गरेका थिए ।
दिप प्रज्वलन कार्यक्रम पस्चात प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै स्वर्गिय राजा वीरेन्द्र मृदु, शालिन, शान्तिप्रेमी, विकासप्रेमी र जनप्रेमी राजा रहेको उल्लेख गर्दै उनी दोस्रो गौतम बुद्ध रहेको प्रतिकृया दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #दिप प्रज्वलन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्