संखुवासभामा भारतबाट आएका २ जनामा कोरोना पोजेटिभ
खाँदबारी, १७ जेष्ठ :भारतबाट रुपन्देही नाका हुँदै संखुवासभा आएका दुईजनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । जेठ १३ गते भारतबाट आएर तुम्लिङटारस्थित क्वारेन्टाइनमा बसेका दुई पुरुषमा कोरोना पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता रोशन श्रेष्ठका अनुसार संक्रमितहरु एकजना खाादबारी नगरपालिका ७ का २३ वर्षीय र पाँचखपन नगरपालिका १ का २२ वर्षीय पुरुष छन् । कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा दुवैमा कोरोना देखिएको हो । संखुवासभामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । उनीहरु दुवैजनालाई एम्बुलेन्समार्फत विराटनगर लैजाने तयारी गरिएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : ##कोभिड१९, #breaking, #जिल्ला स्वास्थ कार्यालय संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्