टोखा नगरपालिकालाई केन्द्र सरकार मार्फत ४४ करोड ३५ लाख बजेट
पुकार तिमलसिना
काठमाडौं, १६ जेठ । आगामी आर्थिक वर्ष २०७७/०७८ मा केन्द्र सरकार मार्फत प्रदेश र स्थानीय सरकारले पाउने अनुदान अनुदान रकम अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।
आफ्नो वेबसाइटमार्फत केन्द्र सरकारले आगामी वर्ष समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान गरी चार शीर्षकमा प्रदेश र स्थानीय तहलाई कुल ३ खर्ब ६२ अर्ब ६३ करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको बजेट सार्वजनिक गरेको हो।
जसअनुसार अर्थ मन्त्रालयले ७ वटा प्रदेशलाई ९९ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
स्थानीय तहमा सबैभन्दा धेरै अनुदान पोखरा महानगरले पाएको छ ।
पोखराले समानीकरण, सशर्त अनुदान, विशेष अनुदान र समपूरक समेत गरी कुल २ अर्ब ५२ करोड ६० लाख रुपैयाँ पाएको छ । यस्तै, काठमाडौं महानगरपालिकाले १ अर्ब ८८ करोड २३ लाख रुपैयाँ पाएको छ ।
यस्तै काठमाडौको टोखा नगरपालिकालाई समिकरण अनुदान अन्र्तगत २४ करोड ६६ लाख ,सर्शत अनुदान अन्र्तगत १७ करोड,६९ लाख र समपूरक अनुदान अन्र्तगत दुई करोड गरि कुल ४४ करोड ३५ लाख रुपैया अर्थ मन्त्रालयले सार्वजनिक गरेको
स्थानीय सरकारले पाउने अनुदान अनुदानमा परेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिका, #बजेट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ४काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ५एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश






तपाईको कमेन्ट लेख्नुहोस्