बालाजुमा मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु
काठमाडौँ । काठमाडौँको बालाजुमा मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ।
दुर्घटनामा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको ज्यान गएको महाशाखाले जनाएको छ।
बिहीबार राति गोगंबुबाट बालाजुतिर गइरहेको बा २ ख ५४ ८४ नम्बरको मिनिट्रक र ना ६५ प २००१ नम्बरको स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
मिनिट्रकका चालकलाई प्रहरीले पक्राउ गरेको छ।
घाइते भएका बुढाको ट्रमा सेन्टरमा र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै ज्यान गएको हो।
क्याटेगोरी : समाचार
ट्याग : #बालाजुमा मिनिट्रक र स्कुटर ठोक्किँदा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्