धरान सहित कोशी पहाडी जिल्लामा विद्युत् अबरुद्ध,

मङ्गलवार साँझ आएको हावा हुरीले धरान सहित धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुर जिल्लामा विद्युत् अवरुद्ध भएको छ ।
विद्युत् प्राधिकरण वितरण केन्द्र धरान शाखाका प्रमुख प्रताप बरालका अनुसार धरान हुँदै पहाडी क्षेत्रमा जाने मुख्य बिजुलीको प्रसारण लाइनको तार चुडीएको छ भने धरान उपमहानगरपालिका भित्र मात्रै १५ वटा बिजुलीका पोल भाँचिएका छन् ।
धरान ८ को रेडियो नेपाल नजिकै पुरै तार चुडीएको छ । जङ्गलमा पनि केही ठाउँमा समस्या आएको नेपाल विद्युत् प्राधिकरण वितरण शाखा धरानले जनाएको छ ।
जङ्गल लगायत केही स्थानमा सानो तिनो समस्या समाधान गरेर विद्युत् सञ्चालनमा ल्याउन प्रयास भइरहेको भए पनि धरानका केही भाग र पहाडी जिल्लामा भने मङ्गलवार राति विद्युत् सुचारु हुन नसक्ने प्रमुख प्रताप बरालले बताएका छन् । धरानका केही भागमा विद्युत् सुचारु भए पनि सबै ठाउँमा सुचारु गर्न समय लाग्ने प्रमुख बरालले बताएका छन् ।
यता संखुवासभामा भने स्थानीय हाइड्रो संचालन गरेर विद्युत वितरण गरिरहेको विद्युत प्राधिकरण खाँदबारीले जनाएको छ । स्थानीय हाइड्रोबाट विजुली वितरण भइरहेकाले नियमित आपूर्तिमा समस्या देखिएको प्राधिकरणले जनाएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्