Techie IT
बिहीबार, असार ३२,२०८३

चासोक तङ्नाम १८ गतेबाट


किरात लिम्बू समुदायको मुख्य चाड चासोक तङ्नाम यही बिहीबारदेखि सुरु हुँदैछ ।

प्रकृति पूजक किराँत समुदायले हरेक वर्ष मंसिर पूर्णिमाका दिन उधौंली पर्व मनाउँदै आएका छन् । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक  तङ्नाम भन्नाले उब्जाइएको नयाँ अन्नबाली  चढाउने पूजा हो  ।

चासोक तङ्नाम धार्मिक चाड मात्र नभएर लिम्बू समाजको पहिचान, एकता र सांस्कृतिक गौरवको पर्व बनेको छ । धरान उपमहानगरपालिकामा यही १८ देखि २२ गतेसम्म चुम्लुङ हिम परिसरमा नै विविध कार्यक्रम आयोजना गरी चासोक तङ्नाम मनाउने तयारी भएको किरात याक्थुङ चुम्लुङ धरान कार्यसमितिका अध्यक्ष तीर्थ मादेम्बाले जानकारी दिएका छन्।

यस अवधिभर धरान हाङ्युक्ना सरसफाइ, शिरिजङ्गा चोक सरसफाइ, र्‍याली, चासोक पूजा, हाङ्युक्ना सरसफाइ तथा शिरिजंगा सालिकमा माल्यार्पण, केलाङ,च्याब्रुङ नाच प्रदर्शनी तथा यलाङ, पालाम सांस्कृतिक कार्यक्रम, याक्थुङसम्बन्धी खेल र किराँत समुदायमा प्रचलित नाचगान प्रस्तुत गरिने संस्थाले जनाएको छ ।

पूर्वी नेपालको धरान, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, इलाम, पाँचथर र ताप्लेजुङ लगायतका जिल्लामा रहेका लिम्बू बस्तीमा विभिन्न कार्यक्रम गरी चासोक मनाउने गरिन्छ। केही वर्षयता राजधानी काठमाडौमा समेत भव्यरुप मनाइदै आएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #चासोक तङ्नाम उधौंली पर्व


तपाईको कमेन्ट लेख्नुहोस्