तीन नम्बर प्रदेशको मन्त्रिपरिषद्को महत्वपूर्ण सात निर्णय
हेटौँडा, मंसिर । प्रदेश नं ३ सरकारको पछिल्लो मन्त्रिपरिषद्को बैठकले विभिन्न सात वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलका अनुसार बैठकले प्रदेश नं ३ लोकसेवा आयोगका अध्यक्ष र सदस्यहरुको सेवा सुविधासम्बन्धी विषयलाई समेट्ने गरी तयार पारिएको प्रदेश लोकसेवा आयोग ऐन २०७६ संसोधन गर्ने, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत स्टेरिङ कमिटी गठन गर्ने, प्रदेश पूर्वाधार कम्पनी लिमिटेडमा प्रदेश सरकारले लगानी गर्ने र सङ्घीय सरकारलाई पनि लगानी गर्नका लागि अनुरोध गर्ने, दूग्ध विकास नियमावली २०७६ स्वीकृत गर्ने, प्रदेश आर्थिक कार्या्विधि २०७६ स्वीकृत गर्ने र स्थानीय तहलाई समपूरक अनुदान दिने निर्णय गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोगको अस्थायी सङ्गठन संरचना स्वीकृत गर्ने निर्णय गरेको मन्त्री ढुङ्गेलले बताउनुभयो । मन्त्रिपरिषद्को बैठक दुई दिनअघि बिहीबार नै बसेको भए पनि बैठकले गरेको निर्णय आज मात्रै सार्वजनिक गरिएको हो ।
यसअघि बैठक लगत्तै सञ्चारकर्मी माझ निर्णय सार्वजनिक गर्ने चलन रहेकोमा पछिल्लो समयमा भने बैठकको एक वा दुईदिनपछि मात्रै जानकारी दिने गरिएको छ । –रासस
क्याटेगोरी : समाचार
ट्याग : #hhot, #तीन नम्बर प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्