Techie IT
आईतबार, चैत्र ९,२०८१

आउ नेपाललाई स्वर्ग बनाऊ


रीता बस्ताकोटी, महासचिव
राष्ट्रिय कृषक समुह महासंघ नेपाल
के कुराको कमी थियो र एउटा सानो कचौरा जस्तो देश प्राकृतिक रुपले विविध हावापानि, माटो, वन जंगल, हिमाल, पहाड, तराई, धार्मिक सहिष्णुता, भाइचारा साँस्कृतिक पहिचान त्यहि जल जमिन र जंगल सँग जोडिएको थियो ।
हाम्रो देश गरिब र कसरी यहाँको जनता गरिब हुन सक्छ । एउटा पेट्रोल मात्र भएको देश बालुवाको मरुभूमी मात्र भएको देश, समुन्द्र नै समुन्दले घेरिएको देश, वर्षको १० महिना हिउपर्ने देश अनी वर्षमा एक पटक पनि पानि नपर्ने देशको तुलनामा हाम्रो देश कसरी गरिब हुन सक्छ ।
वर्षमा ६ वटा ऋतु परिवर्तन हुने हाम्रो देशमा न हिउले पुरिएर र घामको झुल्कै नदेख्ने दुःख भोग्नु परेको छ न बारै महिने खडेरीले व्याकुल भै मर्न परेको छ न त पेट्रोलको दुर्गन्ध र पाइपलाइन फुटेर शहरै डढ्न परेको छ न समुन्द्रि सुनामी छाल ले तवाही हुन परेको छ ।

हामी त यो धर्तीका भाग्यमानि नागरिक हौ हामीले त धर्तीको स्वर्गमा वास पाएका छौँ । हिमालमा हिउपर्दा पहाडले बास दिएको छ तराईमा बाढी आउदा पहाडले साथ दिएको छ । तराईको गर्मि छल्न १०० कि.मि.को दुरी मा नै हामी हिमालको चिसो भेट्न सक्छौँ तराइको फाटलाई हिमालयको हिमनदीले सिंचन गर्न सकिन्छ ।

“समुन्द्रको बिचको देशले माछा भन्दा के खान पाउला मरुभूमिको देशले पेट्रोल भन्दा के पाऊला आइसल्यान्डको नागरिकले के खान पाउलान जबकी विश्वलाई यस्तो संकट पनि त पर्ने रहेछ विश्वलाई एउटै गाउ बनाउछु भन्नेहरु, समुन्द्रलाई सुकाउछु भन्नेहरु चन्द्रमामा वस्ती बसाउछु भन्नेहरु माटो बिना खेती गरेर देखाउछु भन्नेहरु दुलोभित्र लुकेर आफ्नो ज्यान बचाउछु भन्नेहरु मृत्यु त सत्य छ जति नै बलीयो घर भित्र लुकाएर राखे पनि आफुलाई बचाउन सक्दैनौ” भन्ने बुझे होलन ।
कम्प्युटरमा खेती फलाउनेहरु सोझा साझा मुलुकका जनतालाई अनेकौँ प्रलोभनमा फसाएर परनिर्भरता तिर धकलेर शासन गर्न पल्कीएका देशहरुको गुलामी गर्न छाडेर फर्केर आऊ युवा हो आफ्नै गाँउ फर्कीएर आउ आफ्नै आगनमा फुल फुलाएर भगवानलाई चडाऊ आफ्नै पाखा पखेरीमा मकै, कोदो, फापर, जौ, गहुँ फलाएर परिवारको पेट भराऊ, आफ्नै समथर मैदानमा धान मुसुरो, रहर फलाएर खाद्य संकट हटाऊ मेची र महाकाली अनि गण्डकीलाई छेकेर तराइका हरिया फाँटलाई सजाऊ, बारै महीना बग्ने हिमनदीबाट सुधारिएको घट्टले बिजुली बत्ति निकालौ,
हाम्रो जंगलको हेरविचार पु¥याई असुरो र तितेपाती लगाऊ झारपात निकालेर कम्पोष्ट मल बनाई अर्गानिक खेती गरी रासायनिक मल र विषादीको परनिर्भरता हटाउ, कफी र चिया अलैची अदुवा र अकबरे हाम्रै गाँउको उपज हो किन हाइब्रिडको पछि लगायौँ सरकार अब खोज्न कहाँ जानेछौँ ।
फर्क मेरा युवा साथी भाई हो जती पैसा कामए पनि खाने दाल र भात नै हो के फल्दैन र हाम्रो माटोमा माटो छुन किन डरायौँ एउटा गमला र बोतलमा खेती गरेर ठूलो काम गरे भनेर देखाउनेको पछि लागेर हाम्रो इश्वरिय वरदान लाई भुल्थ्यो साथी हो आउ आफ्नै आगनमा इनार खनाउ आफ्नै गाइ र भैसीको दुधले नुहाउ गोबर कै टिका अनि गहुँत कै औषधी पिलाउ गोवर कै ग्यास अनि बिजुली बनाउ हाम्रै पाखाका खरको झुपडी बनाउ हाम्रै भेडा र चौरीको कपडा सिलाउ हिमालका नुन र स्याउलाई मधेशमा पुर्याउ, मधेशका सखर भेली हिमाल पठाउ ।
आउ आउ युवा हो आफ्नै गाँउ घरमा आउ हाम्रै दशै देउसी र भैलोलाई लिएर आउ दशैको चिउरा तिहारको ओखर तिजको अनादी अ‍ैचो र पैचो गरेरै मनाउ असार १५ को दही चिउरा, पूष पन्ध्रको घ्यू खट्टे, माघे सङक्रान्तिको तरुल र चाकु अच्युत तृतीयको सातु र सर्वत साउने संक्रान्ति खिर भन्दै पर्वसँग जोडीएको कृषी संस्कृति जोगाउ ।
वर पीपल बेल रुद्राक्ष, चन्दन श्रीखण्ड भगवान मानेर संरक्षण गरि वातावरण जागाऔँ । दाउरा घाँस पानी पधेरो रोधी रत्यौली गरेर मनोरञ्जन पूराऔँ । असारे गीत, तिजको गित, देउडा र झम्टा, सेलो र दोहोरीले मनको बिरह बताउ ।
डाँफे मुनाल मयूरलाई छमछमी नचाउ आउ आउ युवा हो आफ्नो धर्म चाड पर्व सस्कृति रितीथितीलाई आफ्नो पहिचान बनाउ । आफ्नो कृषी सस्कृतिलाई यथावत चलाउ के फल्दैन र हाम्रो माटोमा गरेर देखाउ । आफ्नो इश्वरीय वरदानको पहिचान गरि देशलाई स्वर्ग बनाउ आउ युवा हो आफ्नै गाउँघरमा आउ नेपाललाई स्वर्ग झै सजाऊ ।
जय किसान !

क्याटेगोरी : विचार/बहस
ट्याग : #रीता बस्ताकोटी


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
12°
Mostly Cloudy
6:02 am6:17 pm +0545