कविता : पर्खिरहेछु त्यो दिन
© स्वागत नेपाल
पर्खिरहेछु त्यो दिन
जुन दिन एउटा सैनिकले
आफूले स्यालुट हानिरहेको नेतालाई
गोली हान्ने छ छातीमा
र, मुक्त गराउने छ यो देशलाई
परलोकतन्त्रको पञ्जाबाट ।
पर्खिरहेछु त्यो दिन
जुन दिन एउटा मन्त्रीको ड्राइभरले
सोझै लगेर झार्नेछ
मन्त्री सहितको गाडी कर्णालीमा
र भन्ने छ–मैले किन बचाई बचाई
कुदाउने गाडीमा त्यसैलाई
जसले सोझै लगेर जाकिदियो
भड्खालामा देशैलाई
पर्खिरहेछु त्यो दिन
जुन दिन एउटा न्यायाधीसको अर्दलीले
सेकुवा पोल्दै खुवाउँदै
जीवनभर शीर झुकाएर बोलिरहेको श्रीमान्सँग
आँखा जुधाएर हेर्ने छ
र, सेकुवा पोलिरहेको राताताता झिरहरुले
रोपिदिने छ न्यायाधीसको आँखामा
अनि भन्ने छ– त्यो आँखाको के काम छ ?
फैसला त आँखामा पट्टी बाँधेर पो गर्नु पर्दछ ।
पर्खिरहेछु त्यो दिन
जुन दिन सडकपेटीमा
मकै पोलेर
गुजारा गरिरहेकी एउटी आमाले
सफा गाडीभित्र हुँइकिइरहेका
फोहोरी तस्करहरुलाई
निकाल्नेछिन् गाडीबाट बाहिर
र, ज्यूँदै पोल्न थाल्छिन् चौबाटोमा
पर्खिरहेछु त्यो दिन
जुन दिन
अंगरक्षकहरुबाट घेरिएर
शहीद दिवसको मौन धारणमा
आँखा चिम्लिएर मनमनै
देशको लागि मूर्खतापूर्वक ज्यान दिने
आफ्नै शहीद साथीलाई व्यंग्य गर्दै
मौनधारणको एक मिनेटमा पनि
कमिशनको हिसाब गरिरहेको
त्यो राजनीतिक व्यापारीलाई
आगो लगाउने छन्
शहीद सन्तानहरुले ।
यो कविता लेखिरहँदा
पर्खिरहेछु त्यो दिन,
मेरो मलामीको दिन
हो, म त्यो दिन पर्खिरहेछु मेरो मलामीको
धेरै मान्छेहरु होइन,
मेरो मलामीका लागि म पर्खिरहने छु
त्यही एउटा देशभक्त सैनिकलाई
त्यही एउटा साहसिलो ड्राइभरलाई
त्यही एउटा इमानदार अर्दलीलाई
तिनै एउटी श्रमजीवी आमालाई
तिनै शहीद–सन्तानहरुलाई
म पर्खिरहेछु त्यो दिन
क्याटेगोरी : विचार/बहस
ट्याग : #पर्खिरहेछु त्यो दिन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्