लापरवाही आफ्नो दोषी सरकार?
सुमित्रा लुइटेल
काठमाण्डौ, साउन २८
नेपालमा कोरोना भाईरसबाट दिनहुँ सयौंको संख्यामा संक्रमित भइरहेका छन् । यो त सरकारले दिएको आधिकारिक तथ्यांक मात्र हो, जो परीक्षण गरेकाहरुमा पाइएको हो । परीक्षण नगरेका वा परीक्षणको पहुँचमा नभएका अरु लाखौं छन्, जसलाई कोरोनाको संक्रमण तीब्र गतिमा भइरहेको हुनसक्छ । मृत्युदर पनि उही मात्रामा बढिरहेका छ । यस्तो पृष्टभूमीमा हामी जति–जति लापरवाही गर्छौं, उत्तिनै यो स्थिति अरु भयावह र अनियन्त्रित बन्नेछ । हाम्रा बुढा बुवाआमा, कलिला बालबच्चा, निर्दोष परिवारका सदस्यहरुले बिना गल्ती सास्ती खेप्नुपर्नेछ, रोग र मृत्युसँग जुध्नुपर्नेछ । जबकी हामीकहाँ न भरपर्दो अस्पताल छन्, न उन्नत उपचार पद्धती नै, भोलिको दिनमा कोरोनाले भयानक रुप लिएमा हामी एकदमै निरिह हुनुपर्ने स्थिति आउनसक्छ । तर, सत्य के पनि हो भने कोरोना भाइरसको संक्रमणले त्यसबेला मात्र हामीलाई सताउनेछ, जब हामी लापरवाही गर्नेछौं । लापरवाहीको कुनै ओखती हुन्न भनेझै संघीय स्तर, प्रदेश सरकार मात्र नभई स्थानिय सरकारले पनि विभिन्न जनचेतना दिने सचेतना गराउने काम नगरेको होइन तर मानिसहरू आफ्नो दैनिक जीवन भने कोरोना भाइरसले केही असर पर्ने वाला छैन जसरी बिताइरहेका छन् । ब्यूटी पार्लर , मार्ट तथा रेस्टुरेन्टहरूमा भिडभाड कम भएको छैन जबकि वडा अधक्ष्य तथा वडाका अन्य सदस्यहरू सचेतनाका लागी माक्स बाढ्ने तथा भिडभाड हुने स्थानहरू बन्द गर्न आग्रह गरिरहेको छ । सरकारले मात्र गरेर कोरोना नियन्त्रण हुदैन सबैको साथ चाहिन्छ आ- आफ्नो ठाउँबाट सक्दो सरकारले भनेका प्रोटोकलहरुलाई अपनाएर कामकाज दैनिकिहरु सुचारु गरौं । सधै लकडाउन सबैका लागी ठिक थिएन जो सरकारले मनन गरेर सहज वातावरण बनाएको छ । तर अब आफैले सजगता अपनाएर सुरक्षित हुनुको बिकल्प छैन् ।
क्याटेगोरी : विचार/बहस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्