Techie IT
आईतबार, चैत्र ९,२०८१

नार्गाजुन र बालाजु क्षेत्र भित्रका विपन्न वर्गहरुलाई लक्षित गरेर आजदेखि सामुहिक मेस सञ्चालन


बैशाख १९, काठमाडौं ।

मजदुर दिवसको अवसर पारेर तारकेश्वर , नार्गाजुन र बालाजु क्षेत्र भित्रका विपन्न वर्गहरुलाई लक्षित गरेर आजदेखि सामुहिक मेस सञ्चालनमा गरिएको छ ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा विभिन्न स्थानमा सामुहीक मेस सञ्चालनमा ल्याईएको हो । मजदुर तथा उपत्यकामै घर भएर पनि निम्न आर्थिक अवस्था भएका नागरिक आम्दानी नहुँदा बिहान बेलुकी छाक टार्नै नसक्ने अवस्थामा रहेकालाई सामुहिक खाना खुवाइएको वडाध्यक्ष सुदर्शन मिश्रले जानकारी दिए ।

वडा अध्यक्ष मिश्रले भने, ‘कोरोना संक्रमण रोक्न लकडाउन जारी छ । सबै घर जान पाएका छैनन् । यसकारण दैनिकी कठिन भएकाहरुको लागि यस्तो प्रबन्ध गरिएको हो ।’ आज करिब ३५० जनाले खाना आएको उनले बताए । आजदेखि बिहान र बेलुका गरी लकडाउनको अवधिभर मेस संचालन गर्ने मिश्रले जानकारी दिए ।

निरन्तरको लकडाउनका कारण काठमाडौंमा बेरोजगार बनेका मजदुर तथा विपन्न वर्गका सर्वसाधारणलाई बिहान बेलुका हात मुख जोड्न समस्या भएपछि सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा विभिन्न स्थानमा सामुहीक मेस सञ्चालनमा ल्याईएको छ । मजदुर तथा उपत्यकामै घर भएर पनि निम्न आर्थिक अवस्था भएका नागरिक आम्दानी नहुँदा बिहान बेलुकी छाक टार्नै नसक्ने अवस्थामा छन् ।


क्याटेगोरी : विशेष
ट्याग : #रामवीर मानन्धर, #सामुहिक मेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Fair
6:02 am6:17 pm +0545