के तपाइको घरमा ग्यास छैन ? यि स्थानमा लिन जानुहोस्
काठमाडौँ चैत । उपभोक्तालाई रिटेलमार्फत उद्योगीले सहज तरिकाले ग्यास उपलब्ध गराउने भएका छन् । कोरोना संक्रमणको त्राससँगै काठमाडौँमा ग्यासको अत्याधिक माग बढेकोले यसो गर्न लागिएको जनाइएको छ ।
नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तामा सूचना जारी गर्दै अत्यावश्यक परेको खण्डमा ती स्थान तथा वितरकमा गइ आवश्यकता परिपूर्ति गर्न आग्रह गरेका छन् ।
निगमले तोकेकै अधिकतम १३ सय ७५ रुपैयाँमा ग्यास उपलब्ध हुने संघले जनाएको छ । चैत ९ देखि खुल्ने ती रिटेल आउटलेटबाट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ग्यास पाइनेछ ।
नेपाल आयल निगमले ग्यासको आपूर्तिमा समस्या नभएको भन्दै संयमित रहन र अनावश्यक ग्यासको भण्डारण नगर्न उपभोक्तालाई अनुरोध पनि गरेको छ ।
यसैबीच नेपाल आयल निगमले निगम कार्यालयमा सहायता कक्ष स्थापना गर्ने भएको छ । मन्त्रिपरिषद् निर्णयअनुसार निगमले आइतबारदेखि सहायता कक्ष स्थापना गर्न लागेको निगमले जनाएको छ ।
ग्यास उपलब्ध हुने स्थानहरु
१) नेपाल ग्यास र तारा ग्यास : क) बीएमसी कर्नर, बालाजु ९८५१०३२२८३ । ख) अनामनगर स्टोर, अनामनगर ०१७७०४७८ । ग) एसएन स्टोर, सातदोबाटो ०१५५२७२७९ ।
२) सगर ग्यास र चण्डी ग्यास : बिक्री डिपो, जडीबुटी ।
३) एसटीसीः क) साल्ट ट्रेडिङ कर्पोरेसन, कालीमाटी । ख) गोदाम, जडीबुटी ।
४) ओम ग्यास: क) आदर्श स्टोस, थली डाँछी । ख) उत्सव खड्का, नैकाप ९८५१०२४२७१ ।
५) बाबा ग्यास, श्री ग्यास र लुम्बिनी ग्यास: क) भद्रा फ्युल सेन्टर, कपन ९८५१२३१०८२ । ख) इलाइट सिल अगाडि, धुम्बाराही
६) एचपी ग्यास : असिम किचेन एन्ड ग्यास सप्लायर्स ९५१०६०४३६
७) सिद्धार्थ ग्यास : केसी एलपी ग्यास सप्लायर्स ०१५२०१०३३
८) श्रीमाया ग्यास : कम्पनीको डिपो सतुंगल ०१५१०८१६२
९) लोकप्रिय ग्यास : भान्जा ट्रेडर्स नैकाप ०१४३१०५२
१०) राजधानी ग्यास : बिक्री डिपो, सीतापाइला ९८४९५६३४३५
११) सूर्य ग्यास : जोशी भीमसेन स्टोर, जगाती ९८४१७५३८१६
१२) गीता ग्यास : टोयोटा शोरुमको अगाडि, धुम्बाराही ९८४१७४५२६२
१३) हिमाल ग्यास : प्रयास ट्रेडर्स एन्ड सप्लायर्स, भगवतीबहाल ९७४१२४७६४५
१४) नमस्ते ग्यास : कुमार स्टोर कागेश्वरी मनहरा ९८४१६९३६७२
१५) भानु ग्यास : लीला ग्यास डिपो, गोंगबु ९८५१२४६२५४
१६) एभरेस्ट ग्यास र सुगम ग्यास : ग्यास एन्ड अक्सिजन ट्रेड सिफल ९८०१०९१२७७
१७) श्रीराम ग्यास : सेल्स डिपो, हरिसिद्धि ललितपुर ०१५२५१२२५

क्याटेगोरी : विशेष
ट्याग : #ग्यास
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- २काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ३रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ४एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ५पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ६तारकेश्वरमा फागुन २१मा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ७काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ८एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?






तपाईको कमेन्ट लेख्नुहोस्