वडा कार्यालयमा ‘विप्लव’ नेतृत्वको नेकपाले आगजनी र तोडफोड
जाजरकोट, २९ जेठ । जाजरकोट नलगाड नगरपालिका १० रावत गाउँमा रहेको वडा कार्यालयमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगजनी र तोडफोड गरेको छ ।
विप्लव समूहले मङ्गलबार राति करीब १२ बजे तिर वडा कार्यालयमा तोडफोड गरेर कागजात, फर्निचर तथा प्राविधिक सामाग्री जलाएको हो । विप्लव समूहले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको छ ।
विप्लव समूहका जाजरकोट इन्चार्ज प्रेमप्रकाश वली ‘धमिल’ ले आगजनीको जिम्मेवारी लिएका छन् । उनले पार्टीकै निर्देशनमा स्थानीय जनताले जलाएको बताएका छन् ।
विप्लवको समूहका कार्यालयको ढोका फोरेर सबै सामाग्री बाहिर ल्याएर आगो लगाइदिएका थिए । उनीहरुले कार्यालयमा रहेका सहयोगीलाई नियन्त्रणमा लिएर कार्यालयका टेबुल १ थान, कुर्सी ३ थान, सोफा १ सेट, ल्यापटप १ थान र कम्प्यूटर १ थानमा तोडफोड र आगजनी गरेका थिए ।
क्याटेगोरी : विशेष
ट्याग : #विप्लव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्