भारतीय गोलभेडाले नेपाली गोलभेडा बिकेन
सरुहठ्ठा–९ रौतहटका किसान मो. उस्मानले उत्पादन गर्नुभएको गोलभेडा बिकाउन नसक्दा यसवर्ष उहाँ आर्थिक मारमा पर्नुभएको छ । अन्य वर्षको तुलनामा यस वर्ष गोलभेडाको उत्पादन राम्रो भए पनि भारतीय गोलभेडाको आयातका कारण उहाँको व्यापरमा प्रत्यक्ष असर परेको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी बजार गोलभेडको मुख्य बजार हो । तरकारी खेतीका लागि उर्वर भूभि मानिएको सर्लाहीमा यसवर्ष गोलभेडा उत्पादन उल्लेखनीय वृद्धि भएपनि भारतबाट सस्तोमा भित्रिएको कारण लालबन्दी बजारमा गोलभेडाको व्यापारमा असर परेको किसानहरुको गुनासो छ ।
गत वर्षको तुलनामा यस वर्ष राम्रो उत्पादन भए पनि भारतीय गोलभेडा भित्रिएपछि नेपाली गोलभेडाले उचित मूल्य पाउन नसकेको गुनासो अर्का किसान जयदेव घिसिंगको छ । यसवर्ष शीतलहर नचलेकाले गोलभेडाको उत्पादन राम्रो भए पनि भारतीय गोलभेडाको आयातले नेपाली गोलभेडाले उचित मूल्य पाउन नसकेको हो । घिसिंग भन्नुहुन्छ “गत वर्षको तुलनामा यस वर्ष दुईगुणा बढी गोलभेडा फलेपनि सस्तोमा बेच्नुपर्ने बाध्यताले खर्च धान्नै गाह्रो परेको छ ।”
सर्लाही जिल्लाको नवलपुर, सासापुर, अत्रौली, लालाबन्दी, हरिओन, हुर्कौली, रानीगञ्ज, बेलवास, बबरगञ्ज, बेलालगायत ठाउँका किसानले व्यावसायिक रुपमा गोलभेडा खेती गर्दै आइरहेका छन् । त्यहाँबाट दैनिक १०० टनभन्दा बढी गोलभेडा देशका मुख्य शहर काठमाडाँै, नारायणघाट, हेटाँैडा, बुटवल, पोखरा, वीरगञ्ज, गौर, सिन्धुली, रामेछाप, लहान, इटहरीसम्म जाने गरेको कृषि उपज बजार सञ्चालक समिति लालबन्दीले जनाएको छ ।
भारतको सोनवर्षा नाकाबाट ठूलो परिमाणमा भित्रिने गरेको भारतीय गोलभेडा सस्तो भएकाले प्रतिस्पर्धा गर्न समस्या भएको छ । किसान बासुदेव महतो भन्नुहुन्छ “हामीले उत्पादन गरेका गोलभेडाले उचित मूल्य नपाउँदा यसपालि घाटा खाएर पनि बेच्नुपरेको छ ।
काठमाडाँै उपत्याकाको कालिमाटी र बल्खुको तरकारी बजारमा आफ्नो बर्चश्व राखेको सर्लाहीको गोलभेडाले यसपालि काठमाडाँैमा पनि भाउ पाउन नसकेको गुनासो गर्दै किसान जोगेन्द्र महतो भन्नुहुन्छ, “यसपालि गोलभेडा राम्रो उत्पादन भएकाले राम्रै मूल्य पाइएला भनेको त भारतीय गोलभेडाको निर्वाध रूपमा आयातले सोचेजस्तो मूल्य पाउन नसकिएको हो ।”
लालबन्दीको तरकारी बजारमा १०० भन्दा बढी थोक तथा खुद्रा व्यापारीहरु व्यापारबाट एक हजारभन्दा बढी मानिस लाभान्वित हुँदै आएका र यसको व्यापार गर्नकै लागि रौतहट सरुहठ्ठाका २० व्यापारी लालबन्दीमा डेरा लिएर बस्दै आएका छन् ।
गोलभेडा र परवलका लागि ख्याति कमाएको लालबन्दीको तरकारी बजारमा भने यस वर्ष भारतीय गोलभेडाले कब्जा जमाएपछि किसानहरु गोलभेडा बेचेर सोचेजस्तो आर्थिक लाभ लिन नसकेको हुन् । दैनिक रु एक करोडभन्दा बढीको तरकारीको व्यापार हुने लालबन्दी बजारमा अहिले भारतीय गोलभेडाको कारण नेपाली गोलभेडा प्रतिकिलो रु ५ देखि १० सम्ममा बेच्नुपर्ने बाध्यता रहेको किसानहरुको गुनासो छ ।
क्याटेगोरी : विशेष
ट्याग : #नेपाली गोलभेडा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्