नेकपामा अनिष्टः रावल र पोखरेलले देखे यस्तो खतरा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकरण हुनुअघि साविक नेकपा एमालेमा प्रभावशाली भूमिका भएका तत्कालीन उपाध्यक्ष भीम रावल र तत्कालीन महासचिव ईश्वर पोखरेलले एकीकृत पार्टी नेकपामा खतरा नजिकै भएको औंल्याएका छन् ।
हाल पार्टीको सचिवालयमा समेत रहेका नेता पोखरेलले तत्कालीन नेकपा माओवादीका अध्यक्ष तथा एकीकृत पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै कम्युनिष्ट पार्टीका नेता जनतामा स्थापित हुनुपर्छ भन्दै लाक्षिणिक ढंगले तत्कालीन माओवादी जनतामाझ स्थापित नभएको तथा अस्वीकृत व्यक्तिहरुलाई नेता बनाएको लगायतका आशय देखिने लामो स्टाटस फेसबुकमा लेखेपछि नेकपा भित्रको भुसको आगोले आकार लिएको चर्चा चल्न थालेको छ ।
पार्टीभित्र निर्वाचित महासचिवहरु अस्तित्वमा सक्रिय रहँदै गर्दा एकताको समयमा एकाएक महासचिवको रुपमा विष्णु पौडेलको उदयलाई अस्वाभाविक मान्दै निकटवर्तीहरुसंग एकताका सन्दर्भमा असन्तुष्टि पोख्दै गुनासो गर्ने गरेका पोखरेललाई पछिल्ला समय भेनेजुयला प्रकरणका वक्तव्यका कारण अध्यक्ष द्धयको जुहारी वाकयुद्धले राम्रै उकासेको विश्लेषण हुन थालेको छ ।
पोखरेलसंगै नेता रावलले पनि दुई अध्यक्षले तत्काल वान टु वान वार्ता गरी स्थिति मत्थर नपारे नेता कार्यकर्ता लगायत शुभेच्छुकहरुमा निकै ठूलो असर पर्ने विश्लेषण गरेका छन् । अध्यक्षद्धयले मञ्च र वक्तव्यहरुमा वाझिएर जाँदा राम्रो सन्देश नदिने भएकाले त्यसको पहलकदमी लिनुपर्ने भन्दै रावलले चिन्ता व्यक्त गरेका छन् ।
यस्तो छ पोखरेलको स्टाटस
https://m.facebook.com/story.php?story_fbid=10157036492084281&id=522099280
क्याटेगोरी : विशेष
ट्याग : #नेकपामा अनिष्टः
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्