Techie IT
शुक्रबार, जेठ १०,२०८२

दक्षिणकाली नगरपालिकामा सडक दुर्घटनामा एकको मृत्यु


गए राति दक्षिणकाली नगरपालिकामा भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ ।

बा १३ च ६४४२ नं को निजी जीप हेटौँडा जाने क्रममा स्थानीय दल्खुस्थित बलामी गाउँ नजीक दुर्घटना हुँदा चोभारकी विनादेवी मण्डलको मृत्यु भएको महनगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।

दुर्घटनामा घाइते हुनुभएकी ५२ वर्षीया मण्डलको उपचारका क्रममा सिनामङ्गलस्थित केएमसी अस्पतालमा मृत्यु भएको हो । वृत्तका प्रमुख अनिलकुमार विष्टले उक्त दुर्घटनामा घाइते भएका चार जनाको सोही अस्पतालमा उपचार भइरहेको बताउनुभयो ।


क्याटेगोरी : विशेष
ट्याग : #सडक दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Mostly Cloudy
5:09 am6:51 pm +0545