सहकारीलाई उत्पादनसँग जोड्नुपर्छ : मन्त्री अर्याल
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सहकारीलाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय सहकारी महासङ्घद्वारा आज यहाँ आयोजित ‘सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश तथा स्थानीय तहको भूमिका’ विषयक प्रादेशिक गोष्ठीको उद्घाटन गर्दै उहाँले स्थान विशेषका सम्भावनाअनुसार जनतालाई उत्पादनमा जोड्ने गरी सहकारीले योजना अघि सानुपर्ने उल्लेख गर्नुभयो ।
भौगोलिक अवस्थितिअनुसार नेपालको हिमाली भेगमा फलफूल, पहाडमा पशुपालन एवं तराईमा अन्य कृषिजन्य उत्पादनका धेरै सम्भावना रहेको बताउँदै उहाँले त्यसको उपयोग गर्नुपर्ने धारणा राख्नुभयो । गरीबी निवारणको माध्यम सहकारी भएको बताउँदै उल्लेख गर्दै उहाँले सरकारको विकास र समृद्धिको लक्ष्यमा सहकारीको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।
राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडालले सहकारी अभियान विभिन्न आरोह–अवरोह पार गर्दै वर्तमान अवस्थासम्म आइपुगेको बताउँदै सहकारीमा सङ्कलित पूँजीको उपयोगका लागि ऐनमा विद्यमान जटिलता अन्त्य गर्दै अघि बढ्नु अपरिहार्य भएको बताउनुभयो ।
गण्डकी प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले सहकारीले समाज र राज्यको आवश्यकतालाई बोध गरेर उत्पादनमैत्री कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले उत्पादन केन्द्रित काम अघि बढाउन सके मात्र समृद्धिको लक्ष्य पूरा गर्न सकिने उहाँको भनाइ छ ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले तीन खम्बे अर्थ नीतिको एक खम्बाका रुपमा राज्यले सहकारी लिइसकेको बताउँदै यसको नियमन भने अपरिहार्य भएकामा जोड दिनुभयो ।
क्याटेगोरी : विशेष
ट्याग : #पद्मा अर्याल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्