सहकारीलाई उत्पादनसँग जोड्नुपर्छ : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सहकारीलाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय सहकारी महासङ्घद्वारा आज यहाँ आयोजित ‘सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश तथा स्थानीय तहको भूमिका’ विषयक प्रादेशिक गोष्ठीको उद्घाटन गर्दै उहाँले स्थान विशेषका सम्भावनाअनुसार जनतालाई उत्पादनमा जोड्ने गरी सहकारीले योजना अघि सानुपर्ने उल्लेख गर्नुभयो ।
भौगोलिक अवस्थितिअनुसार नेपालको हिमाली भेगमा फलफूल, पहाडमा पशुपालन एवं तराईमा अन्य कृषिजन्य उत्पादनका धेरै सम्भावना रहेको बताउँदै उहाँले त्यसको उपयोग गर्नुपर्ने धारणा राख्नुभयो । गरीबी निवारणको माध्यम सहकारी भएको बताउँदै उल्लेख गर्दै उहाँले सरकारको विकास र समृद्धिको लक्ष्यमा सहकारीको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।
राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडालले सहकारी अभियान विभिन्न आरोह–अवरोह पार गर्दै वर्तमान अवस्थासम्म आइपुगेको बताउँदै सहकारीमा सङ्कलित पूँजीको उपयोगका लागि ऐनमा विद्यमान जटिलता अन्त्य गर्दै अघि बढ्नु अपरिहार्य भएको बताउनुभयो ।
गण्डकी प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले सहकारीले समाज र राज्यको आवश्यकतालाई बोध गरेर उत्पादनमैत्री कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले उत्पादन केन्द्रित काम अघि बढाउन सके मात्र समृद्धिको लक्ष्य पूरा गर्न सकिने उहाँको भनाइ छ ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले तीन खम्बे अर्थ नीतिको एक खम्बाका रुपमा राज्यले सहकारी लिइसकेको बताउँदै यसको नियमन भने अपरिहार्य भएकामा जोड दिनुभयो ।
क्याटेगोरी : विशेष
ट्याग : #पद्मा अर्याल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्