ललितपुरमा पनि मनाइयो ईन्द्रजात्रा
ललितपुर। ०९ असोज ललितपुरमा पनि सोमबार ईन्द्रजात्रा मनाइएको छ । ईन्द्रजात्रा मनाउने क्रममा लगनखेल स्थित सिद्धी विनायक मन्दिर परिसरमा पूजा तथा समयबजी प्रसाद ग्रहण कार्यक्रमको आयोजना गरिएको थियो ।
सिद्धी विनायक मन्दिर संरक्षण समितिद्वारा आयोजित पूजा तथा समयबजी प्रसाद ग्रहण कार्यक्रममा पूर्व मन्त्री, संघिय सभा एबम् प्रदेश सभाका साम्सद , प्राज्ञ, जिल्ला स्थित विभिन्न्न राजनैतिक दलका नेता एबम् कार्यकर्ता, ललितपुर महानगरपालिकाका जन निर्वाचित प्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, नगरवासी आदी सरिक रहे ।
आमन्त्रित पाहुनाहरुलाई ललितपुर महानगरपालिका ०५ नम्बर वडाका अध्यक्ष विकासमान श्रेष्ठ र वडा सदस्यहरु मन्जु रिमाल, शोभा श्रेष्ठ, अशोक श्रेष्ठ , पुनम निरौलाले स्वागत गरेका थिए । ललितपुर महानगरपालिका ०५ नम्बर वडाका अध्यक्ष विकासमान श्रेष्ठका अनुसार ईन्द्रजात्रा मनाउने क्रममा लगनखेल स्थित सिद्धी विनायक मन्दिर परिसरमा प्रत्यक बर्ष पूजा तथा समयबजी प्रसाद ग्रहण कार्यक्रमको आयोजना हुँदै आएको छ ।
श्रेष्ठले भने ‘भाद्र शुक्ल चतुर्दशीको दिन नेवार समुदायले ईन्द्र जात्रा मनाउने गर्दै आएको सन्दर्भमा, सान्स्कृतिक नगरी ललितपुरमा समेत बिशेष पूजा आजा एबम् समयबजी प्रसाद ग्रहण कार्यक्रमको आयोजना हुने गरेको छ’ । ‘दशै आउन लागेको संकेतमा आपसमा भेटघाट् गरि हार्दिकता प्रकट गर्ने अवसरको रुपमा यो पर्बलाई उल्लासपुर्बक मनाउदै अाएका छौ’ उनले भने ।
क्याटेगोरी : विशेष
ट्याग : #ईन्द्रजात्रा
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्