अविरल वर्षाका कारण गोङ्बु जलमग्न ,यात्रुहरुलाई सास्ती
काठमाडौको गोङ्बु चोकमा अबिरल परेको पानीले ढल जाम भइ जलमंग्न भएको छ । हिजो देखीको बर्षाको पानीलाई ढलको निकास नहुँदा सवारी साधन एवं आवत जावतमा समेत समस्या भएको समाजसेवी महेशजंग कुवंरले बताए ।
सडक जलमग्न भएकै कारण मोटरसाइकल ढलमा पर्दा तुरुन्तै स्थानीयले उद्धार गरेको थियो ।
अविरल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । लगातारको वर्षापछि आएको बाढी र पहिरोमा परि विभिन्न जिल्लामा मानिसहरुले ज्यान गुमाएका खबर आइरहेका छन् ।
पानीको निकास राम्रोसँग नभएपछि राजधानीका सडकहरु जलमग्न भएका छन् । सवारी साधन गुडाउन अप्ठ्यारो भएको छ भने पैदल यात्रुहरुलाई पनि सास्ती भएको छ ।
सडकमा पैदलयात्री तथा सवारी साधनहरु कम देखिएका छन्। कतिपय स्थानमा सवारी साधनहरु पानीमा अड्किएका छन्। नदीहरुमा पनि पानीको बहाव बढेको छ।
क्याटेगोरी : विशेष
ट्याग : #गोङ्बु चोक, #गोङ्बु जलमग्न
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्