Techie IT
बिहीबार, फागुन १,२०८१

कृषि र वन क्षेत्रलाई उत्पादनसंग जोड्नुपर्ने


काठमाडौ । कृषि र वन क्षेत्रलाई उत्पादनसंग जोड्न सके कोरोना भाइरस (कोभिड १९)मा विग्रिएको अर्थतन्त्र सुधार गर्न सकिने सरोकारवालाले बताएका छन् ।

वन तथा कृषि सहज कार्यक्रम अन्तर्गत सामुदायिक वन उपभोक्ता महासंघले आयोजना गरेको ‘कोरोना पछिको रणनीति निर्माण ः आर्थिक उत्थानको लागि सामुदायिक वनकै आधार’ कार्यक्रममा महासंघको अध्यक्ष भारती पाठकले कोरोना पछिको कहरबाट अर्थतन्त्रलाई जोगाउन कृषि र वनको उत्पादनलाई जोडेर उद्यम संचालन गर्नुपर्ने बताइन ।

उनले सामुदायिक वन र एग्रो फरेष्टिबाट उत्पादन र रोजगारीलाई विशेष जोड दिनुपर्ने भन्दै त्यसका लागि स्टेक होल्डर, सहयोगी संघसंस्थाहरु मिलेर रणनीति बनाई अघि बढ्नुपर्नेमा जोड दिइन ।

कृषि विकास महाशाखा डा. अरुण जिसीेले उत्पादन गरेर पनि विक्री वितरण गर्न नसकेको अवस्थामा अब वरपरका छिमेकीको आवश्यकतता हेरेर कृषि उत्पादनमा जोड दिनुपर्ने बताए ।

उनले उत्पादक समूहको जीविकोपार्जनका लागि वन र कृषि एकीकृत गर्न आवश्यक रहेको भन्दै सबैले यस महामारीपछि यहाँका उद्यमहरु रिबुट गर्न नयाँ प्राविधिक अभ्यासमा ध्यान केन्द्रीत गर्नुपर्ने बताए । उनले उत्पादकहरुको कृषिमा टेक्निकल समर्थन र बीमा सुविधामा जोड दिइएको र सरकारले सबै बालीको बिक्री मूल्य समेत तोकेको जानकारी गराए ।

लेखु डिपार्टमेन्ट सेन्टरका रश्मी पण्डितले कोभिड १९ ले अत्यावश्यक सामाग्रीमा धैरै असर नपारेको, मूल्य श्रृंखलामा सबै सहयोगी हुनुपर्ने बताएका छन् ।
सेफ फुड एलान्सल नेटवर्क सुुहृद चापागाईं कोभिड १९ मा विशेष गरी किसान र उद्यमीले संघर्ष गर्नुपरेको अवस्था रहेको बताए ।

‘‘ हाल सामान लिनेहरुमा मात्र उत्पादन गरिरहेको अवस्था छ भने अबका दिनमा कुन कुन उत्पादन मध्यम वर्गले खरिद गरिरहेका छन् ’’ उनले भने ‘‘ त्यो अवस्थाको मूल्याङ्कन गरी कृषि उत्पादनमा जोड दिनुपर्छ ताकि प्रत्येक उपभोक्ताले उचित मूल्य पाओस् र उत्पादकहरुले उनीहरुलाई लाभदायक मूल्यमा बेच्न सक्दछन् ।’’

मेड इन नेपालका सिइओ गोकुल प्याकुरेलले यस महामारीले आफ्ने क्षेत्र र कृषिमा केही काम गर्ने कुरामा सकारात्मक परिवर्तन ल्याएको बताए । जसले गर्दा अधिक उद्यमहरुको स्थापनाहरुको लागि बढी अवसरहरुको परिणाम दिनसकिने भन्दै भिडियो र सोसल मिडियामार्फत बजारीकरण गर्नुपर्ने उनको भनाई रहेको थियो ।

एफएओका जेफ क्याम्वेलले महामारीको समयमा धैर्य, सकारात्मक बन्नुपर्ने र नयाँ प्रविधि अपनाउनुपर्छ ।

एफएओका सोफी ग्रावेलले उत्पादनहरु बजार व्यवस्थापन गर्न नसकेको बेला अनलाइनको माध्यमबाट बिक्री वितरण गर्न सकिने बताए । उनले आर्थिक योजना तथा व्यापार योजना बनाइ बजारअनुसारको उत्पादन गर्नुपर्ने बताए ।

आईआईईडिका आना बोलिन बजार व्यवस्थापन र विकास तालिम अनुसार रणनीति अपनाउँदा प्रभावकारी हुन बताए । उनले कच्चा पदार्थहरु ढुवानी तथा संकलन गर्न जिल्लाबाटै सबै सरोकारवाला संगठित भएर गर्न सक्यो भने प्रभावकारी हुने बताए ।

बरिष्ठ खाद्य वैज्ञानिक नारायण घिमिरेले नेपाल सरकारले पनि स्वरोजगारमा जाने उद्यमीहरुलाई उद्यमशिलतामा बनाउनमा जोड दिए । उनले कोही सामान्य उद्यमी बन्न गइरहेका छन् भने प्रशोधनमा मूल्य निर्धारण गरेर उत्पादन विकास गर्ने, फर्मुलेसन गर्ने, आधुनिक प्रविधिका मेसिनहरु रिप्लेस गर्नुपर्ने कुरा, त्यहाँको उत्पादन त्यहीँ रिप्लेस गर्नुपर्ने बताए ।

पारिवारीक नीजि वनका अध्यक्ष जोगराज गिरीले विदेशबाट फर्किएका युवाहरुका लागि नेपालमै रोजगारी सिर्जना गर्न बाँझो रहेका जग्गाहरुमा काठजन्य र जडीबुटी जन्य वनस्पति लगाउनुपर्ने बताए ।

उनले व्यक्तिहरुले निजी लगाइएको काठजन्य वनस्पति कुनै रोकतोक बिना काट्न पाउनुपर्ने बताए ।

उपभोक्ता महासंघका सचिव ठाकुर भण्डारीले सामुदायिक वनमा पाइने निगुरो, तामाजस्ता सामाग्री प्रयोग गर्न प्रेरित गरी पौष्टिकता तथा विपन्न वर्गका लागि आयआर्जन बढाउन सहयोग गर्ने बताए ।


क्याटेगोरी : वातावरण-कृषि, विशेष
ट्याग : #सामुदायिक वन उपभोक्ता महासंघ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
13°
Fair
6:41 am5:54 pm +0545