केपी ओलीको नाम भिमसेन थापा पछिको राष्ट्रवादी नेताको रुपमा स्थापितः बरिष्ठ पत्रकार त्रिपाठी
बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम भीमसेन थापापछिको राष्ट्रवादी नेतृत्वको रुपमा रहने बताउनुभएको छ । नक्सा संसदबाट पारित गराउने कामलाई ऐतिहासिक काम भएको जनाउँदै ओली बाहेक अरु कसैबाट यो सम्भव नभएको बताउनुभएको छ ।
त्रिपाठीले सामाजिक सञ्जालमा लेख्नुभएको छ -‘राजनीति जोगाउन खोज्नेहरु र देश जोगाउन चाहनेहरुको एकीकृत प्रयासमा संसदबाट नयाँ नक्सा अनुमोदन भएकोले अब त्यसैगरी जमिनको स्वामित्व पनि तत्काल कायम गर्ने सफलता मिलोस, कालापानीबाट भारतीय सेना फिर्ता गराउने तागत प्राप्त होस, शुभकामना छ।’
एउटा ऐतिहासिक काम भएको छ , प्रधानमन्त्री केपी बाहेक अरु कसैबाट यो सम्भव थिएन, उहाँ बधाईको मूख्य पात्र हुनुहुन्छ। हामी सबै नेपालीलाई बधाई। राजनीति जोगाउन खोज्नेहरु र देश जोगाउन चाहनेहरुको एकीकृत प्रयासमा संसदबाट नयाँ नक्सा अनुमोदन भएकोले अब त्यसैगरी जमिनको स्वामित्व पनि तत्काल कायम गर्ने सफलता मिलोस, कालापानीबाट भारतीय सेना फिर्ता गराउने तागत प्राप्त होस, शुभकामना छ। भारतले नेपालको कम्युनिस्ट सत्तासङ्ग पङ्गा लिन नखोज्ला भन्ने ठानौ, कम्युनिस्टहरु क्रान्तिकारी हुन्छन र, केही नयाँ काम गर्न सक्छन भनेर नै भारतको पुरानो सत्ताले नेपालमा कम्युनिस्ट मूल्य मान्यता अनुरुपको राजनीतिक परिवर्तन गर्न सहयोग पुर्याएको हुनुपर्छ ।
अब कुटनीतिक क्षमता देखाउने पालो कम्युनिस्ट नेताहरूको हो। कुटनीतिक प्रयास असफल भएछ र नसोचिएका समस्या उत्पन्न भएछ भनेपनि केपीको नाम भिमसेन थापा पछिको राष्ट्रबादी नेताको रुपमा स्थापित हुने त छदैछ, उहाँलाई फेरि पनि बधाई । यो प्रकरणमा अमेरिकी प्रयासलाई पनि धन्यवाद भन्नैपर्छ।
क्याटेगोरी : विशेष
ट्याग : #केपी ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्