युके र दुबई पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं, माघ ४ गते । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तनहुँ बन्दिपुर गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने २३ वर्षीया सन्जिता गुरूङ र तनहुँ भिमाद नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने ५० वर्षीय रेशम राज लामिछाने रहेका छन् ।
पक्राउ मध्ये सन्जिताले युके पठाइदिन्छु भन्दै दुई जना पीडितहरूबाट ६० लाख ८९ हजार रूपियाँ र रेशम राजले दुबई पठाइदिन्छु भन्दै ११ जना पीडितहरूबाट २४ लाख रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्जितालाई काठमाडौं न्यूरोडबाट र रेशम राजलाई काठमाडौं बौद्धबाट बुधबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा
ट्याग : #breaking, #युके र दुबई पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्