मदिरा खाएर श्रीमतीको हत्या गरेर लुकाएको अवस्थामा शव भेटिए, श्रीमान् पक्राउ
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका ३ हरिपुरका एक पुरुषले मदिरा खाएर श्रीमतीको हत्या गरेर लुकाएको अवस्थामा शव भेटिएको छ ।
स्थानीय दशैया मुखियाले अन्दाजी ४५ वर्षीया श्रीमती रेशमी देवी बिनको हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।
प्रहरीका अनुसार मुखियाले श्रीमती रेशमीको हत्या गरी शौचालयको पछाडि गाडेका थिए ।
बुधवार राति मुखियाले बुहारीसँग खाना मागेका थिए । उनको बोली र हर्कत शङ्कास्पद लागेपछि उनकै बुहारीले प्रहरीलाई बोलाइन् ।
प्रहरीले मुखियालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा श्रीमतीलाई मारेको र शव गाडेको बयान दिएका थिए ।
उनको बयानको आधारमा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको टोलीले राति नै शव उत्खनन गरेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको छ ।
ईप्रका सखुवा महेन्द्रनगरका इन्स्पेक्टर सोनु साहले घरायसी विवादपछि मुखियाले मदिरा खाएर श्रीमतीको हत्या गरेको जानकारी दिए । उनले विवाद किन भएको कुरा खुल्न नसकेको र थप अनुसन्धान भइरहेको बताए ।
क्याटेगोरी : अपराध/सुरक्षा
ट्याग : #breaking, #मदिरा खाएर श्रीमतीको हत्या गरेर लुकाएको अवस्थामा शव भेटिए, #श्रीमान् पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्