बालकोट घटना : मिलनले नै डमबेलले हानेर बाबु र भाइको हत्या गरेको आशंका
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका( २, बालकोटस्थित डेरामा सोमबार विहान मृत भेटिएका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीणको हत्या कूलप्रसादकै २५ वर्षीय जेठा छोरा मिलनबाटै भएको प्रहरीले आशंका गरेको छ । घटनापछि मिलन बेपत्ता छन् ।
अघिल्लो राति तीनजना बाबुछोरा सँगै खानपिन गरेर सुतेका थिए । मिलनले नै पकाएको मासुभात तीनैजनाले खाएको र अर्को कोठामा बस्नेलाई एक कचौरा मासु चाख्न दिएको प्रहरीले जनाएको छ । तर, भोलिपल्ट विहानदेखि मिलनको बेपत्ता भए । बुबा र भाइ भने मृत अवस्थामा भेटिए ।
बाबु छोरालाई ‘डमबेल’ ९शारीरिक सुगठनमा प्रयोग हुने० ले हानेर हत्या गरिएको पाइएको अनुसन्धानमा संलग्न कार्यालय प्रमुख एसएसपी सानुराम भट्टराईले बताए । यो डमबेल मिलनकै भएको उनको भनाइ छ ।
‘मिलन राति नै भाग्नु, बाहिरबाट चुक्कुल लगाएर हिँड्नु र हत्यामा उनैको शारीरिक सुगठन यन्त्र ९डमबेल० को प्रयोग हुनुले पनि घटना उनैबाट भएको भन्ने कुरा अनुमान गरिएको हो, निस्कर्षमा पुगिसकेका छैनौं,’ उनले भने, ‘हेर्दा परिस्थितिजन्य देखिन्छ, हत्याको कारण यही नै हो भनेर अहिल्यै किटान गर्न सकिँदैन ।’
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार, मिलन आफैंले किनेर ल्याएको र पकाएको मासु हाँसीखुशीका साथ खाएर, छिमेकीलाई समेत बाँडेको आधारमा हेर्दा परिवारभित्र वा बाहिर कुनै समस्या नभएको बुझिन्छ ।
लोकसेवा परीक्षाको तयारी गरिरहेका मिलनमा मदिरा र लागुऔषधको कुलत पनि पाइँदैन । उनमा ‘डार्कवेभ’ को प्रभाव हुन सक्ने प्रहरीको अनुमान छ । विभिन्न ‘वायु’मा विश्वास गर्ने र त्यसआधारमा बहुलठ्ठीपूर्ण निर्णय लिने प्रवृत्ति ‘डार्कवेभ’ बाट प्रभावित व्यक्तिहरुमा देखिने एक अनुसन्धानकर्मी बताउँछन् ।
खाना खाएपछि मिलन बुबासँगै र भाइ प्रवीण अर्को कोठामा सुतेका थिए । ११ बजेसम्म सौहाद्रपूर्ण अवस्थामा उनीहरु बोलिरहेको अर्को कोठमा बस्नेहरुले प्रहरीलाई बताएका छन् । ११ बजेपछि मिलनले नै प्रयोग गर्ने गरेको पाँच केजीको डमबेल र अचार पिस्ने सिलौटोले टाउकोमा हानेर कूलप्रसाद र प्रवीणको हत्या गरिएको थियो ।
‘सीधै टाउकोमा हान्दा मान्छेले ऐया पनि भन्न भ्याउँदैन’, अनुसन्धानरत एक प्रहरीले भने, ‘कहाँ हान्दा प्राण जान्छ भन्ने कुरा बुझेरै हानिएको छ ।’
विहान उनीहरु मृत फेला पर्नुअघि नै मिलन स्कुटी लिएर निस्किएका थिए । स्कुटीका आधारमा गरिएको अनुसन्धानबाट पनि उनको पत्तो लागेको छैन । मोबाइल रातिबाटै अफ छ । गाउँ गएका छैनन् । काठमाडौं, ललितपुर र भक्तपुरमा उनी जाने सम्भावित सबै ठाउँमा खोजी भइसक्यो, भेटिएका छैनन् । मिलनको खोजी कार्य अझै जारी रहेको एसएसपी भट्टराईले बताए ।
‘मिलनलाई पक्राउ गरेर उनको कुरा नसुनी घटनाबारे यसै हो भनेर हामी भन्न सक्दैनौं’, उनले भने ।
अनुसन्धानरत एक प्रहरीका अनुसार, यदि उनमा ‘डार्कवेभ’ कै प्रभाव हो भने त्यस्तो व्यक्तिले अनुमान नगरिएका अन्य घटना पनि गराउन सक्छन् । अर्थात्, कतै हाम्फालेर, पासो लागेर वा कुनै किसिमले आत्महत्या गरेका हुन सक्छन् । यद्यपि, उनको खोजीका निम्ति प्रहरीका विभिन्न युनिट सक्रिय छन् ।
आचार्य परिवार खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढीका बासिन्दा हुुन् । कुलप्रसाद खोटाङ जिल्ला हुलाकका निमित्त प्रमुख थिए । उनी अफिसमा विदा लिएर छोराहरु भेटेन काठमाडौं आएको बुझिएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा
ट्याग : #breaking, #बालकोट घटना : मिलनले नै डमबेलले हानेर बाबु र भाइको हत्या गरेको आशंका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्