सप्तरीबाट कटुवा पेस्तोल बरामद
राजविराज । भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा सप्तरीको राजगढ गाउँपालिका–६ बर्दहीबाट आज प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ । विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी बल गण ७ हेडक्वार्टर सप्तरीबाट खटिएको टोलीले आँपको बगैँचा हुँदै भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा एक नाल र एक थान कटुवा पेस्तोल बरामद भएको हो ।
व्यक्तिलाई जाँच गर्ने क्रममा झोला फालेर भेगेपछि प्रहरीले उक्त झोलामा कटुवा पेस्तोल फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक श्याममणि ढकालले बताउनुभयो । फेला पारेका उक्त पेस्तोल जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ भने फरार व्यक्तिको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्