अपहरणमा परेकी नाबालिकाको सकुशल उद्धार, पाँच जना पक्राउ
जनकपुर । अपहरणमा परेको २४ घण्टाभित्र धनुषा प्रहरीले शुक्रबार साँझ एक नाबालिकालाई अपहरण सकुशल उद्धार गर्न सफल भएको छ भने अपहरणमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका–१६ पुल्चौकस्थित आफ्नै घरबाट अपहरणमा परेकी ध्रुव मण्डलकी ४ वर्षीया छोरी सृष्टिलाई आज साँझ ६ बजेतिर धनुषाको बिदेह नगरपालिका–८ बफैयबाट प्रहरीले उद्धार गरेको हो ।
बालिकाको अपहरणमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
बिहीबार साँझ आफ्नै घर आँगनबाट अचानक नाबालिका बेपत्ता भएको भन्दै परिवारजले प्रहरीमा जानकारी गराएका थिए । सूचना पाएलगत्तै प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त प्रहरी टोलीले नाबालिकाको खोजी सुरु गरेको थियो ।
त्यही क्रममा नाबालिकाका बुबाको मोबाइलमा अपहरणकारीहरूले रु १५ लाख फिरौती माग गर्दै गरेको फोनका आधारमा मोबाइल नेटवर्किङ पत्ता लगाउँदै अपहरणकारीसम्म पुग्न सफल भएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए । अपहरण मुक्त गराउन सफल भएकी नाबालिकाको स्वास्थ्य परीक्षणपश्चात् शुक्रबार साँझ परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्