प्रधानमन्त्री सुशीला कार्की: निर्वाचनमा निष्पक्षता कायम गर्न प्रहरीको भूमिका केन्द्रिय
प्रधानमन्त्री सुशीला कार्कीले स्वतन्त्र, निष्पक्ष र विश्वासयोग्य वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरीको भूमिका अत्यन्तै संवेदनशील र निर्णायक हुने बताएकी छन्।
सोमबार काठमाडौंमा नेपाल प्रहरीका निरीक्षकहरूको दीक्षान्त समारोहमा सम्बोधन गर्दै उनले निर्वाचनमा प्रहरीको जिम्मेवारीको महत्त्व औँल्याइन्।
प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनलाई उत्तरदायी लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण कदमको रूपमा उल्लेख गर्दै सुरक्षा निकायलाई राजनीतिक दबाब, प्रभाव वा पूर्वाग्रहबाट माथि उठेर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिइन्।
नेपाल प्रहरीले विगतदेखि हालसम्मको क्रियाकलापमार्फत समुदायसँगको सम्बन्ध बलियो बनाएको उल्लेख गर्दै उनले प्रहरीको निष्पक्षता नै लोकतन्त्रको सुरक्षा कवच भएको दाबी गरिन्।
उनले परम्परागत अपराधका साथै साइबर अपराध, संगठित अपराध, वित्तीय अपराध, बहुदेशीय अपराध र सामाजिक द्वन्द्वका नयाँ आयामहरू देखा परिरहेको अवस्थामा, प्रहरी निरीक्षकको भूमिका केवल आदेश पालना गर्नेभन्दा बढी, समस्या समाधानकर्ता बन्न आवश्यक रहेकोमा जोड दिइन्।
क्याटेगोरी : अर्थ, राजनीति, समाज, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्