काठमाडौं ६ का बौद्धिक उदयमान युवा नेता चिरञ्जीवी ढकाल माओवादीको सर्वेसम्मत उम्मेदवार
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी) काठमाडौं जिल्ला समितिले काठमाडौं निर्वाचन क्षेत्र नं. ६ बाट चिरञ्जीवी ढकाललाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
माओवादी आन्दोलनबाटै राजनीतिक यात्रा सुरु गरेका ढकाल संघर्षशील, जनआधारित र संगठनात्मक क्षमतायुक्त नेताका रूपमा परिचित छन्। उनी करिब २४ वर्षदेखि निरन्तर राजनीतिक तथा सामाजिक आन्दोलनमा सक्रिय रहँदै आएका छन्। विशेषगरी विद्यार्थी आन्दोलनमार्फत राष्ट्रिय राजनीतिमा स्थापित भएका ढकाल संगठन निर्माण, आन्दोलनको नेतृत्व तथा वैचारिक प्रशिक्षणमा अनुभवी नेता मानिन्छन्।
विद्यार्थी राजनीतिमा उनले अखिल (क्रान्तिकारी) को नेतृत्व तहमा रहेर देशव्यापी संगठन विस्तार, शैक्षिक अधिकारका सवाल र राजनीतिक परिवर्तनका एजेन्डामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। आन्दोलनका क्रममा पटक–पटक राज्य दमन, गिरफ्तारी र विभिन्न दबाबको सामना गरे पनि उनी आफ्नो राजनीतिक प्रतिबद्धतामा अडिग रहँदै आएका छन्।
लामो राजनीतिक यात्रामा ढकालले पार्टी संगठन सुदृढ बनाउने, जनसमस्याको पहिचान गर्दै आवाज उठाउने तथा सामाजिक न्यायका मुद्दालाई अघि बढाउने कार्यमा निरन्तर योगदान पुर्याएका छन्। सरल जीवनशैली, स्पष्ट वैचारिक दृष्टिकोण र निष्ठावान आचरण उनका प्रमुख विशेषता मानिन्छन्।
उम्मेदवारी सिफारिसपछि प्रतिक्रिया दिँदै ढकालले काठमाडौं जिल्ला पार्टीप्रति आभार व्यक्त गर्दै भने, “मेरो राजनीतिक जीवनमा सिकेका अनुभव र आगामी दिनमा हासिल गर्ने ज्ञान, क्षमता तथा सम्पूर्ण जीवन नै देश र जनताको सेवामा समर्पित गर्नेछु।”
आगामी प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ६ मा माओवादी पार्टीको संगठनात्मक शक्ति, जनसम्पर्क र राजनीतिक प्रभाव थप सुदृढ हुने अपेक्षा गरिएको छ। पार्टी कार्यकर्ता, समर्थक तथा स्थानीय जनताले ढकालको उम्मेदवारीलाई सकारात्मक रूपमा लिँदै चुनावी तयारीलाई तीव्र बनाएका छन्।
क्याटेगोरी : राजनीति
ट्याग : #चिरञ्जीवी ढकाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्