विद्यार्थी राजनीतिदेखि एमाले नेतृत्वसम्म : डीबी साउँद केन्द्रीय सदस्यका दावेदार
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा युवा नेता डीबी साउँदले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा युवा क्लस्टरबाट उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
साउँद विद्यार्थी राजनीतिदेखि नै सक्रिय नेता हुन्। २०५६/५७ सालदेखि अनेरास्ववियुमा आवद्ध भएका उनले काठमाडौंको अमृत साइन्स क्याम्पसमा करिब ६ वर्ष तीन कार्यकाल अध्यक्ष भएर नेतृत्व गरेका थिए। त्यसपछि क्रमशः अनेरास्ववियु केन्द्रीय कमिटीका सचिव, उपाध्यक्ष, नेकपा एमाले अछाम जिल्ला कमिटीका सचिवका रूपमा दुई कार्यकाल र अहिले प्रदेश कमिटीमार्फत संगठन सुदृढिकरणमा सक्रिय छन्।
पार्टीको १०औँ महाधिवेशनदेखि नै अछामबाट महाधिवेशन प्रतिनिधि रहँदै आएका साउँद ११औँ महाधिवेशनमा पनि प्रतिनिधिका रूपमा सहभागी हुँदै केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्न लागेका हुन्।
सुदूरपश्चिमको राजनीतिक तथा सामाजिक पृष्ठभूमिबाट उदाएका उनी जुझारु, स्पष्टवक्ता, संगठनमुखी र युवा पुस्तामा प्रभावशाली नेताका रूपमा चिनिन्छन्। कार्यकर्तामाझ उनको लोकप्रियता उच्च भएको उल्लेख गर्दै, धेरैले उनको जित ‘लगभग सुनिश्चित’ रहेको धारणा व्यक्त गरेका छन्।
क्याटेगोरी : राजनीति
ट्याग : #विद्यार्थी राजनीतिदेखि एमाले नेतृत्वसम्म : डीबी साउँद केन्द्रीय सदस्यका दावेदार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्