कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको विशेष भेलाले भोलि मंसिर ११ केन्द्रीय समितिको बैठकले विशेष महाधिवेशनको मिति तोकिनुपर्ने माग गरेको छ ।
असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्ने निष्कर्ष निकाल्न सकेको छैन।
भेलामा विशेष महाधिवेशनको पक्षमा रहेका पुराना पुस्ताका नेता, जिल्ला सभापति, नयाँ पुस्ता लगायतका नेताहरू सहभागी छन् ।
विशेष महाधिवेशनको माग गर्दै कांग्रेसका २ हजार ४९९ प्रतिनिधिले हस्ताक्षर सहित लिखित माग गरेका छन् ।
ललितपुरका पुराना कांग्रेस नेता ओमकारप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको भेलामा प्रदेश कार्यसमितिका सभापति,जिल्ला सभापति, पार्टीका केन्द्रीय सदस्य र महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति छ । २०१४ सालमा विशेष महाधिवेशनमा भाग लिएका ८८ वर्षीय श्रेष्ठले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षरसमेत गरेका छन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #काँग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्