यी हुन एमाले महाधिवेशनमा प्रतिनिधि छनोटका सात आधार
काठमाडौं, १९ कात्तिक । नेकपा (एमाले)को ११ औं महाधिवेशन प्रतिनिधि हुनका लागि पार्टीले सात वटा आधार तय गरेको छ । अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै एमालेले ति आधारहरु मातहतका कमिटीहरुमा पठाएको छ ।
मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुने ११ औं महाधिवेशनका लागि मंसिर १३ गते देशैभरी एकैपटक प्रतिनिधि छनोट हुने कार्यतालिका यसअघिको सचिवालय बैठकले सार्वजनिक गरिसकेको छ । अपानिमा जनाइए अनुसार महाधिवेशन प्रतिनिधि हुनका लागि केन्द्रीय संगठन विभागले प्रमाणित गरेको पार्टी सदस्यताको विवरणका आधारमा गर्नुपर्ने छ ।
यसैगरी, पार्टी केन्द्रीय कार्यालयमा रहेको पार्टी सदस्यता भूगोलमा लैजान चाहनेहरुले कात्तिक मसान्तसम्ममा सदस्यता स्थानान्तरण गरिसक्नु पर्ने अपानिमा जनाइएको छ ।
पधेन प्रतिनिधि रहेका आयोजकहरुले महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा सहभागी हुन पाउने छैनन् । बाँकी सबै पार्टी सदस्यहरुले तोकिएको एउटा मात्र क्लस्टरमा सहभागी भएर प्रतिनिधि छनोट गर्ने पाउने एमालेको अपानिमा उल्लेख गरिएको छ । दलित र श्रमिकको क्लस्टरमा रहेका पार्टी सदस्यहरुको विवरण जिल्ला र प्रदेश कमिटीले एक हप्ता अगाडी नै सार्वजनिक गर्न एमालेले निर्देशन दिएको छ ।
यसैगरी, जनसंगठनमा रहन चाहने पार्टी सदस्यलाई आफ्नो नाम भूगोल वा विशेष कमिटीबाट अलग गर्नुपर्ने प्रावधान राखिएको छ । प्रतिनिधि छनोट गर्दा कुनै विवाद वा अस्पष्टता भएमा केन्द्रीय संगठन विभागमा सम्पर्क गर्न भनिएको छ तर विवादका नाममा आवश्यक भन्दा बढी प्रतिनिधि पठाए विभागले त्यसलाई मान्यता नदिने अपानिमा जनाइएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजो जारी गरेको अपानि मातहतका कमिटीहरुमा पुग्ने क्रममा रहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार अपानि प्राप्त गरिसकेपछि त्यसका आधारमा जिल्ला कमिटीहरुले संघीय निर्वाचन क्षेत्र अनुसारका प्रतिनिधि छनोटको व्यवस्था गर्नेछन् ।
महाधिवेशनमा केन्द्रीय सदस्य, केन्द्रीय निकाय, भूगोल र विभिन्न क्लस्टर र मनोनितसहित २ हजार १ सय २७ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् ।
छनोट भएका प्रतिनिधिले फोटोसहित संगठन विभागले पठाएको ढाँचामा विवरण भरेर केन्द्रीय कार्यालयमा पठाउनु पर्ने अपानिमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #एमाले महाधिवेशनमा प्रतिनिधि छनोटका सात आधार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्