केन्द्रिय महाधिवेशनमा जुट्यो काठमाडौ एमाले : तोक्यो आगामी कार्यक्रमका लागि पालिका ईन्चार्ज , हेर्नुहोस कुन पालिकामा को ?
नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं जिल्ला कार्यालयमा सम्पन्न केन्द्रिय इन्चार्ज , केन्द्रिय सदस्य र जिल्ला पदाधिकारीहरुको संयुक्त छलफलले आगामी केन्द्रिय महाधिवेशन ,पार्टी कार्यक्रम तथा संगठन सुदृढीकरणका लागि विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।
नेकपा (एमाले) काे ११औं महाधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णयप्रति पार्टीकाे जिल्ला कमिटी काठमाडौंले स्वागत गरेको छ।
बैठकले कार्तिक २२, २५ र मंसिर ६ गतेका निर्धारित कार्यक्रमहरू सफल बनाउन हालका जिम्मेवारीका साथै विभिन्न स्थानीय तहमा अतिरिक्त सहयोगी जिम्मेवारी तोकीएको जिल्ला अध्यक्ष दीपक निरौलाले बताउनुभयो ।
-
रामेश्वर फुयाल शंखरापुर,
-
कृष्ण राई गोकरणेश्वरमा,
-
सरिता न्यौपाने कागेश्वरी मनोहरा
-
शान्ति अधिकारी बूढानीलकण्ठ
-
नारायण सिल्लावाल तारकेश्वर
-
शर्मिला कार्की चन्द्रागिरी
-
सुरेन्द्र मानन्धर कीर्तिपुर
-
विद्या सुन्दर शाक्य काठमाडौं महानगर
-
दीपक निरौला टोखा
-
राजेश शाक्य नागार्जुन
-
र बिन्दु महर्जन दक्षिणकाली
-
सामाजिक सञ्जालमार्फत पार्टी परित्यागको घोषणा गर्ने सदस्यहरूलाई
बैठकले जेनेविक आन्दोलन (जेन्जी आन्दोलन) का क्रममा सामाजिक सञ्जालमार्फत पार्टी परित्यागको घोषणा गर्ने सदस्यहरूलाई यही कार्तिक २८ गतेभित्र लिखित आत्मालोचना पेश गर्न आह्वान गरेको छ। आत्मालोचना बुझाएपछि सामाजिक सञ्जालमा दिइएको राजीनामा स्वतः फिर्ता हुने व्यवस्था बैठकले गरेको छ।
त्यसैगरी, बैठकले केन्द्रिय कमिटीको सबै निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गर्दै संगठनात्मक समीक्षा र आगामी योजना तय गर्न जिल्ला कमिटीको बैठक कार्तिक महिनाभित्र आयोजना गर्ने निर्णय पनि गरेको छ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #केन्द्रिय महाधिवेशनमा जुट्यो काठमाडौ एमाले, #दीपक निरौला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्