केपी ओलीले गरे टोखा नगर कमिटीको सक्रियता र अनुशासनप्रति प्रशंसा , टोखामा आगजनीका विषयमा छलफल
काठमाडौं । नेकपा (एमाले) टोखा नगर कमिटीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेको छ। भेटघाटका क्रममा जेनेजी आन्दोलनपछि देशमा उत्पन्न राजनीतिक संकट, टोखामा भएका आगजनीका घटनालगायत विषयमा विस्तृत छलफल भएको नगर कमिटीका अध्यक्ष गोपी पाठकले जानकारी दिनुभयो।
भेटमा बागमती प्रदेश कमिटीका सदस्य तथा टोखा नगर मेयर प्रकाश अधिकारी, जिल्ला, क्षेत्रीयदेखि टोलस्तरका प्रतिनिधिहरू गरी ७१ जना सहभागी थिए।
अध्यक्ष पाठकका अनुसार देशको जटिल र संवेदनशील राजनीतिक अवस्थामाझ पनि नेकपा (एमाले) टोखा नगर कमिटीले संगठन सुदृढीकरण र जनमुखी कार्यक्रमलाई निरन्तरता दिँदै अगाडि बढिरहेको छ। उहाँले पार्टी र जनताप्रतिको उत्तरदायित्वमा दृढ रहँदै कुनै पनि परिस्थितिमा नगर कमिटी बिचलित नहुने स्पष्ट धारणा व्यक्त गर्नुभयो। साथै, जेनेजी आन्दोलनका क्रममा निधन भएकाप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

अध्यक्ष ओलीले भेटमा नगर कमिटीको सक्रियता, अनुशासन र संगठनप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै कार्यकर्तालाई जनताको पक्षमा अडिग रहँदै अघि बढ्न निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, “म बाँचुन्जेल मैले सकुन्जेल इमानदारीका साथ, दृढताका साथ सधैं नेपाली जनताको सेवामा रहनेछु। मबाट कहिल्यै बेइमानी हुनेछैन, यसमा सबैजना ढुक्क रहनुहोस्।”
भेटघाट कार्यक्रम गुण्डुमा सम्पन्न भएको थियो। कार्यक्रममा देशको वर्तमान राजनीतिक अवस्था, संगठन सुदृढीकरण, आगामी राजनीतिक योजना तथा जनसंपर्क विस्तारका विषयमा समेत व्यापक छलफल गरिएको थियो।
क्याटेगोरी : राजनीति
ट्याग : #ओलीले गरे टोखा नगर कमिटीको सक्रियता र अनुशासनप्रति प्रशंसा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्