अनेरास्ववियु कैलालीद्वारा ७६८ विद्यार्थी तथा मजदुरलाई राहत
अत्तरिया । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले लकडाउनका कारण छाक टार्न समस्या भएका ७६८ विद्यार्थी तथा मजदुरलाई राहत सामग्री वितरण गरेको छ ।
लकडाउन शुरु भएयता अनेरास्ववियु कैलालीले ७६८ जनालाई राहत वितरण गरेको हो । लकडाउनका कारण घर जान नपाएका सुदूरपश्चिमका विभिन्न जिल्लाका विद्यार्थी र मजदुरलाई छाक टार्न कठिनाइ भइरहेकाले राहत सामग्री वितरण गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य मनोज राईले बताए । राहतस्वरुप विद्यार्थी तथा मजदुरलाई घरमै पुगेर चामल, दाल, नुन, तेल, साबुन, ब्रस, मञ्जन, सर्जिकल मास्कलगायत सामग्री वितरण गरिएको उनको भनाइ छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको पहलमा स्वकीय सचिव हितेश ओझामार्फत ३० क्विन्टल चामल, दाल, तेल, नुनलगायत सामग्री पनि विद्यार्थी तथा मजदुरलाई वितरण गरिएको जनाइएको छ । अनरास्ववियु कैलालीले अप्ठ्यारोमा परेका विद्यार्थी तथा मजदुरलाई सहयोग गर्ने क्रम जारी रहने जनाएको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #अनेरास्ववियु कैलालीद्वारा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्