वामदेव भोलि एमाले प्रवेश गर्दै
काठमाडौं । पार्टी एकता राष्ट्रिय अभियानका संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम भोलि एमालेमा फर्किने भएका छन् ।
आज बोलाइएको एमाले सचिवालय बैठकको एजेन्डामा गौतम र उनी नेतृत्वको घटकका नेताहरू व्यवस्थापनसम्बन्धी विषय समावेश छ ।
एमालेका कतिपय नेताले गौतम सोही बैठकबाट पार्टी प्रवेश गर्ने हल्ला चलाएपछि नेपाल प्रेसले उनलाई सम्पर्क गर्यो ।
उनले भने, ‘हाम्रो व्यवस्थापनबारे पार्टीले आज केही निर्णय लियो भने हामी भोलि प्रवेश गर्छौं ।’
सचिवालय बैठकमा आफूहरुको व्यवस्थापनलाई अलग्गै एजेन्डा बनाएकोमा खुशी लागेको गौतमले बताए ।
‘जेजस्तो जिम्मेवारी दिनुहुन्छ, हामी स्वीकार गर्छौं, हाम्रो मुख्य उद्देश सुदृढ एमाले र एकताबद्ध कम्युनिष्ट आन्दोलनको निर्माण गर्ने नै हुन्छ,’ उनले भने ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #वामदेव भोलि एमाले प्रवेश गर्दै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्